सरकार र अदालतले जलविद्युत उत्पादकहरूको घाटी समाउनु हुँदैन: नेता शर्मा
सारांश
- पूर्वऊर्जामन्त्री जनार्दन शर्माले जलविद्युत उत्पादकहरूलाई सरकार र अदालतले असहयोग गरेको बताए।
- इप्पानको साधारणसभामा बोल्दै उनले ऊर्जा क्षेत्रको लगानी संरक्षण हुनुपर्नेमा जोड दिए।
- शर्माले निर्माणाधीन परियोजनालाई अघि बढाउन नयाँ कानुन बनाउनुपर्ने र विद्युत् खपत बढाउनुपर्ने बताए।
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वऊर्जामन्त्री जनार्दन शर्माले जलविद्युत उत्पादकहरूको सरकार र अदालतले घाटी समाउने काम गरेको बताएका छन् ।
मंगलवार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को २३ औ वार्षिक साधारणसभा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले ऊर्जा क्षेत्रमा भएको लगानीलाई सरकारले संरक्षण गर्ने भन्दा पनि सरकार र अदालतले ऊर्जा क्षेत्रको घाटी समाएको बताए । उनले एकतिरबाट सरकार अर्कोतिरबाट अदालतले ऊर्जा उद्यमीहरूको घाटा समाएको दाबी गरे ।
उनले भने,‘ यो देशको साधन स्रोतको प्रयोग कसरी गर्ने सरकारले गर्ने नीति बनाउने निर्णय गर्ने कुरा हो । त्यसमा अदालत प्रवेश किन गर्ने ? सरकारले स्वीकृत दिएपछि अदालत किन प्रवेश गर्ने ? यो नमिल्ने कुरा हो ।’
शर्माले जलविद्युतमा लगाएको लगानी कसरी सुरक्षित गर्ने भन्ने भएको बताए । उनले सरकारले तत्काल नयाँ कानुन बनाएर निर्माणाधीन भएका परियोजनालाई अघि बढाउनु पर्ने बताए ।
सरकारले बजेटमा ल्याएको टेक एन्ड पे ऊर्जा क्षेत्रका विषयमा गम्भीर नभए र अगाडि बढ्न नदिने गरी ल्याए पनि सच्याउनु राम्रो भएको बताए । उनले निजी क्षेत्रले ऊर्जा उत्पादनमा क्षेत्रमा ठुलो लगानी गरेको बताए ।
उनले जलविद्युत आयोजनाहरूले वातावरणीय प्रभाव नभएर संरक्षणको लागि मदत गर्ने बताए । उनले त्यसको लागि जलविद्युत आयोजना कसरी निर्माण गर्ने भन्ने नीति रहेको बताए ।
शर्माले सरकारले जलविद्युत उत्पादनको लागि सहजीकरण गर्न आवश्यक रहेको बताए । सरकारले जलविद्युत क्षेत्रलाई संरक्षण गर्न नसक्दा अबौंँको लगानी जोखिममा पर्ने अवस्था रहेको उनको भनाई थियो ।
सरकारले आयोजनाको लाइसेन्स लिएर ढिलो काम गर्ने कम्पनीहरूलाई पनि दण्डित गर्न आवश्यक रहेको बताए । उनले सरकारले विद्युत् बेच्ने भन्दा पनि मुलुकभित्रै खपतको वातावरण बनाउन सक्नु पर्ने बताए । उनले मुलुकको समृद्धि मुलुकभित्रै विद्युत् खपत गर्दा मात्रै हुने दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थान कब्जा गर्ने नेपालको दाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण