शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
संसद् बैठक

संसद्‌मा ज्ञानेन्द्र शाहीले भ्रष्टाचार गर्न नपाए ओली सरकारको मन्त्रिपरिषद्‌मा आउनू भनेपछि...

मङ्गलबार, ३१ असार २०८२, १४ : ४३
मङ्गलबार, ३१ असार २०८२

सारांश

  • राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीको भनाइ हटाउन एमाले सचेतक सुनिता बरालले माग गरिन्।
  • शाहीले घुस प्रकरणको अडिओ सार्वजनिक भएका मन्त्रीको राजीनामाले नपुग्ने भन्दै पक्राउ गर्न माग गरेका थिए।
  • सभामुख देवराज घिमिरेले सांसदहरूले उठाएका विषय र नियमापत्तिहरूप्रति ध्यानाकर्षण भएको बताए।

काठमाडाैँ । राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले मंगलबारको प्रतिनिधिसभा बैठकमा बोलेको कुरा हटाउन एमाले सचेतक सुनिता बरालले माग गरेकी छन् । 

संसद् बैठकमा नियमापत्ति गर्दै सचेतक बरालले शाहीको धारणा हटाउन माग गरेकी हुन् ।

शाहीले घुस प्रकरणको अडिओ सार्वजनिक भएका मन्त्रीको राजीनामाले मात्रै नपुग्ने भन्दै पक्राउ गरि छानबिन गर्न माग गरेका थिए । केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले भ्रष्टाचारीको संरक्षण गरेको आरोप लगाएका थिए । 

शाहीले भनेका थिए, ‘पहिले एउटा भनाइ थियो, ज्ञान नपाए काँशी जानू, न्याय नपाए गोरखा जानू । भ्रष्टाचार गर्न नपाए केपी ओली सरकारको मन्त्रिपरिषद्‌मा आउनू ।’

शाहीको उक्त भनाइमा नियमापत्ति जनाउँदै बरालले हटाउन माग गरेकी हुन् । बरालले प्रधानमन्त्रीमाथि तथ्यहीन आरोप लगाइएकाले रेकर्डबाट हटाउन माग गरेकी हुन् । 

समग्र सरकार र सरकारको नेतृत्वमाथि बदनाम गर्ने प्रयास भएको भन्दै उनले हटाउन माग गरे पनि सभामुख देवराज घिमिरेले सांसदहरूले उठाएका विषय र नियमापत्तिहरूप्रति आफ्नो ध्यानाकर्षण भएको बताए ।

तर, हटाउन निर्देशन दिएनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप