शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

महोत्तरी दुर्घटना : मन्त्रीको छोरा र स्कुटर चालकको उपचार हुँदै

मङ्गलबार, ३१ असार २०८२, १९ : ५१
मङ्गलबार, ३१ असार २०८२

सारांश

  • महोत्तरीको जलेश्वरमा मन्त्रीका छोराले चलाएको कार दुर्घटना हुँदा स्कुटर चालक घाइते भए।
  • दुर्घटनामा स्कुटरलाई कारले ठक्कर दिँदा स्कुटर चालक गम्भीर घाइते भएको हो।
  • घाइतेहरुको उपचार भइरहेको छ र प्रहरीले दुर्घटनामा परेका सवारी साधन नियन्त्रणमा लिएको छ।

काठमाडौँ । महोत्तरीको जलेश्वर नगरपालिका–६ मा आइतबार साँझ मधेश प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी कुमारी तिवारीका छोराले चलाएको कार दुर्घटनामा परेको थियो । बा.१५ च ५२३३ नम्बरको कारले प्रदेश–२–००–००२ प ८८५० नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक श्याम कुमार शर्मा गम्भीर घाइते भएका थिए ।

जलेश्वरबाट भिट्टामोडतर्फ जाँदै गरेको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको कारले ठक्कर दिएको हो । स्कुटर चालकको ललितपुरस्थित बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा परेर कार चालक सुमित शर्मा पनि घाइते भए । कार चालकको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी शैलेन्द्र कुमार खड्काले रातोपाटीलाई बताए । उनले भने, ‘दुवैजनाको उपचार हुँदै छ ।’

कारमा सुमित शर्माकी पत्नी र छोरा पनि सवार थिए । कार र स्कुटर प्रहरीले नियन्त्रणमा लिएको छ । डीएसपी खड्का भन्छन्, ‘दुवैजना अहिले उपचारमै हुनुहुन्छ, दुर्घटनामा संलग्न सवारी साधन हामिले नियन्त्रणमा राखेका छौं ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप