झुटो जाहेरी दिएको आरोपमा रौतहटमा एक जना पक्राउ
काठमाडौँ । झुटो जाहेरी दिएर अर्कालाई फसाउन खोजेको आरोपमा रौतहटबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । माधवनारायण नगरपालिका वडा नम्बर ५ मिठुअर्वा स्थित कटहरिया बस्ने ४१ वर्षीया प्रमिला देवी सहनीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
उनले अर्काको उक्साहटमा झुटो जाहेरी दिएको फेला परेपछि उनीविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर अनुसन्धान भइरहेको रौतहटका एसपी नेत्रमणी गिरीले रातोपाटीलाई बताए ।
छिमेकीलाई फसाउन सहनीले आफ्नै छोरीलाई प्रयोग गरेर शरीर बन्धक, चेलिबेटी बेचबिखन तथा अपहरणको जाहेरी दिएकी थिइन् । यस्ता झुटा जाहेरी दिनेहरू विरुद्ध कारबाही गरिने एसपी गिरीले बताए । उनी भन्छन्, ‘झुटा र कृत्रिम उजुरी दिनेहरू विरुद्ध हामी एक्सन लिन्छौँ ।’
प्रमिला सहनी र जनक सहनीले छिकेकी सुनिता देवी सहनीको घरमा गएर कुटपिट गरेका थिए । इलाका प्रहरी कार्यालय गरुडामा छलफल हुँदा ४ हजार औषधी उपचार खर्च दिनेगरी उनीहरूले मिलापत्र गरे । तर, कुटपिट गर्नेले पीडितलाई रकम दिएनन् ।
त्यसपछि प्रमिलाले हुँदै नभएको घटनालाई कृत्रिम जाहेरी बनाएर फसाउन खोजेको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रायन ब्रोबीको दुई गोलले ह्युस्टनमा नेदरल्याण्ड्स हाबी, दबाबमा स्विडेन
-
मुस्ताङ भन्सारबाट एघार महिनामा सात अर्ब ६६ करोड राजश्व सङ्कलन
-
पोखरीमा डुबेर दुई बालिकाको मृत्यु
-
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको नेतृत्वमा रामप्रसाद गैरे समूह निर्वाचित
-
ब्रायन ब्रोबी चम्किएपछि नेदरल्याण्ड्सको दोब्बर अग्रता
-
नेदरल्याण्ड्सलाई सुरुवाती अग्रता, ब्रायन ब्रोबीले गरे गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण