शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

नाकामा मलको तस्करीमा कडाइ गरेको भन्दै टायर बालेर प्रदर्शन !

बुधबार, ३२ असार २०८२, ११ : १३
बुधबार, ३२ असार २०८२

सारांश

  • बारामा मलखाद तस्करी नियन्त्रणमा कडाई गरेपछि स्थानीयले टायर बालेर प्रदर्शन गरे।
  • मटिअर्वा नाकामा मल तस्करीमा कडाई गर्दा स्थानीयले विरोध जनाएका थिए।
  • प्रहरीसँग किसानको रेकर्ड राखेर मलखाद ल्याउने सहमति भएपछि विवाद समाधान भयो।

 बारा । बारामा मलखाद तस्करी बढेसँगै त्यसमा कडाइ गर्दा टायर बालेर प्रदर्शन गरिएको छ । 

बाराको मटिअर्वा नाकामा मलको तस्करीमा कडाइ गरेको भन्दै केही स्थानीयले नाकामै टायर बालेर प्रदर्शन गरेका हुन् । 

मटिअर्वा नाकामा बिहान १० बजेदेखि पैने ११ बजेसम्म उनीहरूले टायर बालेर प्रदर्शन गरेका हुन । 

बारा प्रहरी प्रमुख सन्तोष तामाङका अनुसार किसानको नाममा भारतबाट भइरहेको तस्करी रोक्दा केही मान्छेहरूले विरोध गरेका थिए । तर अहिले भने त्यो विवाद सुल्झिएको उनको भनाइ छ । 

किसानको रेकर्ड राखेर मलखाद ल्याउने सहमति गर्दै विवाद सुल्झाइएको बारा प्रहरीले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप