मौद्रिक नीतिको प्रभाव : बैंकहरुले ब्याजदर झनै घटाए
सारांश
- गभर्नर विश्वनाथ पौडेलको मौद्रिक नीतिका कारण बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्।
- अधिकांश बैंकहरूले साउन महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्, जसले गर्दा सर्वसाधारण चिन्तित भएका छन्।
- राष्ट्र बैंकको नीति र बैंकहरूले ब्याजदर घटाउँदा आगामी दिनमा अझै ब्याजदर घट्ने सम्भावना रहेको छ।
काठमाडौँ । गभर्नर विश्वनाथ पौडेलले ल्याएको मौद्रिक नीतिको प्रभाव बैंकहरुमा प्रत्यक्ष देखिएको छ । पौडेलले गत शुक्रवार आगामी वर्ष २०८२-८३ का लागि ल्याएको मौद्रिक नीतिमा ब्याजदर करिडोरको माथिल्लो सीमाका रूपमा रहेको बैंक दरलाई ६ दशमलव ५ प्रतिशतबाट घटाई ६ र ब्याजदर करिडोरको तल्लो सीमाका रूपमा रहेको निक्षेप सङ्कलन दरलाई ३ प्रतिशतबाट घटाएर २ दशमलव ७५ प्रतिशत निर्धारण गरिएको थियो ।
नीतिगत दरलाई ५ प्रतिशतबाट घटाएर ४ दशमलव ५ प्रतिशत कायम गरिएको थियो । बजारमा मुद्रा आपूर्ति बढाउने राष्ट्र बैंकको नीतिलाई टेवा पुग्ने गरी बैंकहरुले ब्याजदर घटाएका हुन् । सबैजसो बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर साउनका लागि तोक्दै असारको तुलनामा धेरै नै घटाएका छन । बैंकहरुको ब्याजदर हेर्ने हो भने कृषि विकास बैंकले ५.४५ प्रतिशत मुद्दती निक्षेपमा ब्याज दिर्दै आएकोमा साउनमा ५.४० प्रतिशत दिने भएको छ ।
अर्को एभरेष्ट बैंकले असारमा ६.५५ प्रतिशत ब्याज दिँदै आएकोमा अब मुद्दती निक्षेपमा साउनबाट ६.२५ प्रतिशत दिनेछ ।
यस्तै अर्को ठुलो बैंक नेपाल बैंकले ५.४५ प्रतिशत ब्याज दिर्दै आएकोमा साउनका लागि ५.४० प्रतिशत ब्याजदर तोकेको छ । लक्ष्मी सनराइज बैंकले असारमा ५.७५ प्रतिशत ब्याज दिर्दै आएकोमा साउनमा ५.५० प्रतिशत ब्याजदर दिने बताएको छ । यस्तै माछापुच्छ्रे बैंकले असारका लागि ६ प्रतिशत दिँदै आएकोमा उसले भने साउन पनि त्यही नै लागू गर्ने बताएको छ । एनआईसी एसिया असारको तुलनामका ब्याजदर घटाएको छ । असारमा सो बैंकले ६.५५ प्रतिशत मुद्दती निक्षेपमा ब्याज दिएकोमा साउनमा त्यस्तो खातामा ६.२५ मात्रै ब्याज दिने बताएको छ । यस्तै, प्रभु बैंकले समेत ब्याजदरमा धेरै घटाएको छ । असारमा सो बैंकले मुद्दती निक्षेपतर्फ ६.१० प्रतिशत ब्याज दिने गरेकोमा साउनमा अब ४.२५ प्रतिशत मात्रै ब्याज दिनेछ ।
यता स्टान्डर्ड चार्टर्ड बैंकले भने ब्याजदर बढाएको छ । यो बैंकले साउनमा ६.२५ ब्याज दिँदै आएकोमा साउनमा मुद्दती निक्षेपतर्फ ६.२६ प्रतिशत ब्याज दिनेछ ।
राष्ट्रिय वाणिज्य बैंकले असारमा ६ प्रतिशत ब्याज दिएकोमा साउनमा ५.५० प्रतिशत मुद्दती निक्षेपमा ब्याज दिनेछ ।
नबिल बैंकले पनि ब्याजदर घटाएको छ । सो बैंकले असारमा ५.७५ प्रतिशत दिँदै आएकोमा साउनमा ५.५० प्रतिशत मुद्दती निक्षेपतर्फ ब्याज निर्धारण गरेको छ ।
ग्लोवल आइएमी बैंकले ब्याजदर चलाएको छैन । उसले असारमा ६ प्रतिशत तोकेकोमा साउनमा पनि सोही नै कायम गरेको छ । अर्को बैंक सिद्धार्थले पनि ब्याजदरमा परिवर्तन गरेको छैन । असारमा सो बैंकले ५.७५ ब्याजदर तोकेको थियो । साउनमा पनि सोही लागू हुनेछ ।
प्राइम कमर्सियल बैंकले ब्याजदर असारमा ६.२५ प्रतिशत दिर्दै आएकोमा साउनमा ६ प्रतिशत कायम गरेको छ । कुमारी बैंकले पनि असारको तुलनामा घटाएको छ । उक्त बैंकले असारमा ५.७१ प्रतिशत मुद्दती निक्षेपमा ब्याज दिएकोमा अब साउनमा ५.४१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । सानिमा बैंकले असारमा ६.३३ प्रतिशत ब्याजदर निर्धारण गरेकोमा साउनका लागि घटाएर ६.१८ प्रतिशतमा झारेको छ । अर्को ठुलो बैंक हिमालयन बैंकले असारमा ५.५० प्रतिशतबाट बढाएर साउनका लागि ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । नेपाल एसबीआई बैंकले असारका लागि ५.५० प्रतिशत ब्याज निर्धारण गरेकोमा साउनका लागि घटाएर ५.३५ प्रतिशत ब्याज निर्धारण गरेको छ । इन्भेस्टमेन्ट मेगाले पनि असारको तुलनामा घटाएको छ ।
असारमा मुद्दती निक्षेपमा सो बैंकले ५.५० प्रतिशत ब्याज निर्धारण गरेकोमा साउनमा घटाएर ५.२५ प्रतिशत निर्धारण गरेको छ । एनएमबी बैंकले असारमा ६ प्रतिशत ब्याजदर दिएकोमा साउनमा समेत सोही नै कायम गरेको छ । सिटिजन्स बैंकले ५.६५ प्रतिशत ब्याज असारमा दिएकोमा घटाएर साउनमा ५.५० प्रतिशत ब्याज निर्धारण गरेको छ ।
यसरी बैंकहरुले मुद्दती निक्षेपमा ब्याजदर धमाधम घटाउन थालेपछि सर्वसाधारण आत्तिने खतरा बढेको छ । ब्याजदर घटेसँगै आम सर्वसाधारण बैंकमा पैसा नराखेर कतिपयले पुँजीलाई पलायन गराउन सक्ने जोखिम बढेको छ । बैंकहरुले यसरी भारी रूपमा ब्याजदर कटौती गरेको पहिलो पल्ट हो । राष्ट्र बैंकले नै ब्याजदर घटाउने नीति ल्याएका कारण आगामी दिनमा अझै ब्याजदर घट्ने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी मन्त्रिपरिषद् बैठक निर्णय : स्वास्थ्यमन्त्री घिमिरेलाई प्रवक्ताकाे जिम्मेवारी
-
कर्णालीमा रास्वपा : डोल्पा बाहेक सबैतिर वडादेखि जिल्लाको नेतृत्व चयन
-
इप्पानको विधान संशोधन सम्बन्धी विवाद समाधान: जेठ २९ गते अधिवेशन
-
११ उपमहानगरलाई ११ अर्ब ४८ करोड अनुदान, जनकपुरलाई सबैभन्दा धेरै, समानीकरणमा घोराही अगाडि
-
अपाङ्गता देखेर गाडीले रोकेन, अब निःशुल्क यात्रा गर्नेछन् कृष्णले
-
एमाले लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा रोका मगर, सचेतकमा लामिछाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण