गान्धीको दुर्लभ चित्रकला करिब ३ करोड रुपैयाँमा बिक्री
लण्डन । भारतीय स्वतन्त्रताका नायक महात्मा गान्धीको एउटा दुर्लभ चित्रकला लण्डनमा भएको लिलामीमा २ लाख ४ हजार ६४८ अमेरिकी डलर (करिब २ करोड ८२ लाख रुपैयाँ) मा बिक्री भएको छ।
यो मूल्य लिलामी गृह बोनह्याम्सले अनुमान गरेको ५० हजार-७० हजार पाउण्डभन्दा निकै बढी हो। यो चित्रकला सन् १९३१ मा गान्धी लण्डन भ्रमणमा रहँदा ब्रिटिस कलाकार क्लेयर लेइटनले बनाएका थिए। बोनह्याम्सका अनुसार, यो गान्धीले बसेर बनाएको एक मात्र चित्रकला (ओयल पेन्टिङ) मानिन्छ।
गान्धीले भारतमा ब्रिटिस शासनविरुद्ध अहिंसात्मक आन्दोलनको नेतृत्व गरेका थिए र उनका शिक्षाले लाखौँ मानिसहरूलाई प्रेरित गरेको छ। अधिकांश भारतीयहरूले उनलाई ‘राष्ट्रपिता’ को रूपमा श्रद्धा गर्छन्।
यो चित्रकला सन् १९३१ मा गान्धी लण्डनमा दोस्रो गोलमेच सम्मेलनका लागि गएका बेला बनाइएको थियो। यो सम्मेलन भारतका लागि संवैधानिक सुधारहरू छलफल गर्न र स्वशासनको मागबारे कुरा गर्न आयोजना गरिएको थियो।
बोनह्याम्सका अनुसार, क्लेयर लेइटन गान्धीको कार्यालयमा प्रवेश पाउने धेरै कम कलाकारहरूमध्ये एक थिइन् र उनलाई गान्धीसँग धेरै पटक बसेर स्केच र चित्र बनाउने अवसर दिइएको थियो।
यो चित्रकला कलाकारको सङ्ग्रहमा सन् १९८९ मा अमेरिकामा उनको मृत्यु नहुँदासम्म रह्यो, त्यसपछि यो उनको परिवारमा हस्तान्तरण भयो।
बोनह्याम्सले चित्रकला कसले किनेको हो भन्नेबारे खुलाएको छैन । साथै, यो प्रदर्शनमा राखिनेछ वा छैन भन्ने पनि स्पष्ट छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण