फेवातालको सीमाङ्कन : एक हजार ५५ पिलर गाडियो
काठमाडौँ । सर्वोच्च अदालतको आदेशपछि फेवातालको पुनः सीमाङ्कन पश्चात् सीमा स्तम्भ गाड्ने कार्य सम्पन्न भएको छ । पोखरा महानगरपालिका, गण्डकी प्रदेश र नेपाल सरकारको संयुक्त पहलमा ताल घरमा सीमा स्तम्भहरू गाड्ने कार्य सम्पन्न भएको हो ।
ताल घरको सिमानामा एक हजार ५५ डिजिटल पिलरहरु गाडिएको पोखरा उपत्यका नगर विकास समितिका कार्यालय प्रमुख प्रकाश सुवेदीले जानकारी दिए । उनका अनुसार ६११ सिमेन्टेड (कंक्रिटका) पिलरहरु गाडिएको छ ।
फेवाताल संरक्षणका सम्बन्धमा सर्वोच्च अदालतको आदेशानुसार महानगरपालिकाले सम्बद्ध निकायहरूसँग समन्वय गरी थप कार्यहरू गर्दै जाने नगर प्रमुख धनराज आचार्यले बताए ।
फेवाताल संरक्षणका सम्बन्धमा एक ऐतिहासिक कार्य महानगरपालिकाको अगुवाइमा भएको र यस कार्यमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न भएर साथ र सहयोग गर्ने सम्बद्ध सबै निकायहरूप्रति उनले आभार समेत व्यक्त गरे ।
पहिलो चरणमा ताल घरमा सीमा स्तम्भ गाड्ने र दोस्रो चरणमा थप कामको सुरुवात गर्ने महानगरपालिकाको योजना छ । तालको ६.३४३ वर्ग किलोमिटर क्षेत्रफलको चार किल्लामा १०५५ पोलहरू गाडिएका छन् । यसले पोखराको पर्यावरण, प्राकृतिक सम्पदा र सांस्कृतिक पहिचान जोगाउन ऐतिहासिक महत्त्व राख्ने विश्वास गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण