जब एक सदस्यले उठाइन् बालेन सहित सिङ्गो नगर सभा
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगर सभामा रोचक दृश्य देखिएको छ । महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमाथिको जारी छलफलमा नगरसभा सदस्य शर्मिला परियारले बालेन सहित सिङ्गो नगरसभालाई उठ्न लगाएकी हुन् ।
उनले महानगरकी उपप्रमुख सुनिता डङ्गोल ग्लोबल लिडरको सूचीमा परेको भन्दै नगर सभाले बधाई दिनुपर्ने बताएकी थिइन् ।
‘उहाँको सम्मानमा सबै जना उठेर बधाई दिऊँ’ परियारले भनिन् । सुरुमा केहि बेर रोकिएर ताली बजाएका बालेन हाँस्दै उठेपछि नगर सभामा उपस्थितहरूले उठेर बधाई दिएका थिए ।
संसारभरबाट संस्कृति, सम्पदा, खेल, व्यापार, समाजसेवा, राजनीति लगायत विभिन्न विधामा ४० वर्षमुनिका ११६ जना छनोटमा परेका थिए । दक्षिण एसियाबाट ११ जना छनोट हुँदा नेपालबाट डङ्गोल मात्र छानिनु भएको थियो ।
डङ्गोल राजनीति क्षेत्रबाट छानिएका १९ जनामध्ये एक हुनुहुन्छ । डङ्गोलसँगै थाइल्यान्डकी प्रधानमन्त्री पाइतोङतार्न सिनावात्रा र भारतका नागरिक उड्डयन मन्त्री किंजरापु राममोहन नायडू पनि राजनीति क्षेत्रबाटै छनोट हुनुभयो ।
वर्ल्ड इकोनोमिक फोरम सुन्दर भविष्य भएका असाधारण व्यक्तिहरूको अन्तर्राष्ट्रिय सञ्जाल हो। यसमा हजारौँले आवेदन दिए पनि सीमित व्यक्ति मात्र छनोट हुन्छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर
-
घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक व्यक्ति पक्राउ
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण