शपथ ग्रहण
नवनियुक्त सामान्य प्रशासन मन्त्री न्यौपानेले लिइन् शपथ
बुधबार, ३२ असार २०८२, १८ : ४७
काठमाडौँ । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले शपथ लिएकी छन् ।
बुधबार राष्ट्रिपति कार्यालय सितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई शपथ ग्रहण गराएका हुन् । उनी मंगलबार सामान्य प्रशासन मन्त्रीमा नियुक्त भएकी थिइन् ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रिहरु, सुरक्षा निकायमा प्रमुख, संवैधानिक निकाय प्रमुख, मुख्यसचिव, राजनीतिक दलका नेता तथा कार्यकर्तालगायत सहभागी थिए ।
घुस डिलको अडियो प्रकरणका कारण प्रधानमन्त्रीको निर्देशनमा राजकुमार गुप्ताले पदबाट राजीनामा दिएपछि न्यौपान सामान्य प्रशासन मन्त्री नियुक्त भएकी हुन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण