जनताको आर्थिक स्थितिलाई रूपान्तरित गर्नु आजको आवश्यकता : सांसद विश्वकर्मा
काठमाडौँ । नेकपा एमाले सांसद छविलाल विश्वकर्माले जनताको अवस्था बदल्नका लागि सबै लाग्नुपर्ने बताएका छन् ।
बुधबार काठमाडौँमा राष्ट्रिय पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सबैले लडेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था ल्याएको भएपनि जनताको अवस्था परिवर्तन हुन नसकेको बताए ।
जनताको अवस्था बदल्नका लागि आफूहरू निरन्तर लागिरहेको बताए । जनताको अवस्था परिवर्तन गर्ने अभियान नटुङ्गिएको जिकिर गरे । अर्थात आधारभूत तहका विभिन्न वर्ग समुदायका जनताको आर्थिक स्थितिलाई रूपान्तरित गर्नु आजको आवश्यकता भएको बताए ।
व्यवस्था बदलियो भनेर हामीले चित्त बुझाएर सन्तोष मानेर आफूहरू नबसेको भन्दै अब अवस्था, सामाजिक स्थिति, सांस्कृतिक स्थिति, जनताको समताको सद्भाव मानव मर्यादाको परिस्थिति निर्माण गर्नु मुख्य उद्देश्य भएको बताए ।
सांसद विश्वकर्माले समाज र राष्ट्रलाई समतामूलक र समृद्धशाली बनाउन सबै एकताबद्ध भएर अघि बढ्न जरुरी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण