अब सबै विश्वविद्यालयहरूले निर्धारित कार्यक्रम सम्पन्न गर्ने प्रधानमन्त्रीको विश्वास
बिहीबार, ०१ साउन २०८२, ०८ : ००
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ आर्थिक वर्ष सुरु हुनुअघि नै विश्वविद्यालयहरूले बजेट पारित गरेको जानकारी दिए।
- प्रधानमन्त्री ओलीले विश्वविद्यालयहरूलाई थितिमा ल्याउन गरिएको प्रयास सफल भएको बताए।
- उनका अनुसार, यसपटक विश्वविद्यालयहरूले आर्थिक वर्ष सुरु हुनुअघि नै बजेट पारित गराएका छन्।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ आर्थिक वर्ष सुरु हुनुअघि नै देशका सबै विश्वविद्यालयहरूले आफ्नो बजेट र कार्यक्रम पारित गरिसकेको जानकारी दिएका छन्।
बितेको हप्ता विश्वविद्यालयहरूको सिनेट बैठकहरूमा आफ्नो अधिकांश समय बितेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसपटक विश्वविद्यालयहरूलाई थितिमा ल्याउन गरिएको प्रयास सफल भएको बताएका छन्।
'विगतमा पहिले खर्च गर्ने, आर्थिक वर्ष सकिन लाग्दा बल्ल खर्च अनुमोदन गर्ने विकृति थियो,' प्रधानमन्त्री ओलीले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, 'तर यसपटक सबै विश्वविद्यालयहरूले आर्थिक वर्ष सुरु हुनुअघि नै बजेट पारित गराएका छन्।'
उनले थप लेखेका छन्, 'यसका लागि धेरै समय दिनु परेको भए पनि सन्तुष्टि मिलेको छ। अब सबै विश्वविद्यालयहरूले निर्धारित कार्यक्रम सम्पन्न गर्नेछन् भन्ने विश्वास बढेको छ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण