गत वर्ष भन्दा १ खर्ब २० अर्ब राजस्व वृद्धि
सारांश
- आर्थिक वर्ष २०८१-०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ राजस्व संकलन भएको छ।
- यो अघिल्लो वर्षको भन्दा १ खर्ब २० अर्ब बढी हो, जुन ११.३३ प्रतिशतको वृद्धि हो।
- आर्थिक वर्ष २०८१-०८२ मा १४ खर्ब १९ अर्ब राजस्वको लक्ष्य राखिएको थियो, तर संशोधित लक्ष्य १२ खर्ब ८६ अर्ब थियो, र ९१.६० प्रतिशत संकलन भयो।
काठमाडौँ । आर्थिक वर्ष २०८१–०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०८०–०८१ को भन्दा यो १ खर्ब २० अर्ब बढी हो । प्रतिशतका आधारमा ११।३३ प्रतिशत वृद्धि हो । आर्थिक वर्ष २०८०–०८१ मा १० खर्ब ५८ अर्ब राजस्व सङ्कलन भएको थियो ।
आर्थिक वर्ष २०८१–०८२ मा १४ खर्ब १९ अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य थियो । अर्ध वार्षिक समीक्षामा संशोधन गरी १२ खर्ब ८६ अर्बको लक्ष्य तय गरिएको थियो । संशोधित लक्ष्य अनुसार ९१।६० प्रतिशत राजस्व सङ्कलन भएको छ ।
अर्थ मन्त्रालय राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्रीले विपद्, अन्तर्राष्ट्रिय परिस्थितिले गर्दा चुनौतीहरू हुँदाहुँदै पनि अघिल्लो आर्थिक वर्षको तुलनामा उत्साहजनक रूपमा राजस्व सङ्कलन भएको बताए । उनले भने(तयारी सुरु गरिसकेका छौँ । चालू आर्थिक वर्षमा राजस्व सङ्कलनको लक्ष्य पूरा गर्ने गरी अघि बढ्नेछौँ ।ु
चालू आर्थिक वर्षमा १३ खर्ब १५ अर्ब राजस्व सङ्कलनको लक्ष्य छ ।
आर्थिक वर्ष २०७१–०७२ मा ४ खर्ब ५ अर्ब, २०७२–०७३ मा ४ खर्ब ८१ अर्ब, २०७३–०७४ मा ६ खर्ब ९ अर्ब, २०७४–०७५ मा ७ खर्ब २६ अर्ब, २०७५–०७६ मा ८ खर्ब २९ अर्ब राजस्व सङ्कलन भएको थियो ।
त्यसैगरी २०७६–०७७ मा ७ खर्ब ९३ अर्ब, २०७७–०७८ मा ९ खर्ब ३५ अर्ब, २०७८–०७९ मा १० खर्ब ६६ अर्ब, २०७९–०८० मा ९ खर्ब ५७ अर्ब र २०८०–०८१ मा १० खर्ब ५८ अर्ब रुपैयाँ सङ्कलन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण