मेस्सीको कीर्तिमानी गोलवर्षामा पूर्णविराम
सारांश
- इन्टर मियामी मेजर लिग सकर (एमएलएस) मा एफसी सिनसिनाटीसँग ०-३ गोलले पराजित भयो।
- लियोनेल मेस्सीको लगातार ५ खेलमा एकभन्दा बढी गोल गर्ने रेकर्डमा विराम लाग्यो।
- सिनसिनाटीले खेल जितेर इस्टर्न कन्फरेन्स तालिकामा दोस्रो स्थान ओगट्यो।
सिनसिनाटी । मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामी बुधबार राति भएको खेलमा एफसी सिनसिनाटीसँग ०–३ गोलले पराजित भएको छ । योसँगै लियोनेल मेस्सीको लगातार ५ खेलमा एकभन्दा बढी गोल गर्ने रेकर्डमा विराम लागेको छ ।
मेस्सी एमएलएसको इतिहासमा लगातार चारभन्दा बढी खेलमा एकभन्दा बढी गोल गर्ने पहिलो खेलाडी हुन् । उनी हालसम्म लिगको १७ खेलमा १६ गोल गरेका छन् ।
खेलको पहिलो हाफको १६ औँ मिनेटमा जेरार्डो भलेन्जुएलाले सिनसिनाटीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा इभान्डरले दुई गोल थप्दै टोलीलाई सहज जित दिलाए ।
पराजयपछि इन्टर मियामीको लगातार पाँच खेलको विजयी यात्रा पनि रोकिएको छ । टोली हाल इस्टर्न कन्फरेन्स तालिकामा पाँचौँ स्थानमा छ । २० खेलबाट टोलीको ३८ अंक छ ।
उता, सिनसिनाटी २३ खेलबाट ४५ अंक बटुल्दै दोस्रो स्थानमा छ । समान खेलबाट ४६ अंकसहित फिलाडेल्फिया शीर्ष स्थानमा छ । टोलीले बुधबार नै सीएफ मोन्ट्रेयललाई २–१ गोलले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
-
कोशी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण