शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

न्युजिल्याण्डको क्लबमा अनुबन्ध भइन् साम्बा

बिहीबार, ०१ साउन २०८२, ११ : १६
बिहीबार, ०१ साउन २०८२

काठमाडौँ । नेपाली महिला फुटबल टोलीकी प्रभावशाली स्ट्राइकर तथा कप्तान सावित्रा भण्डारी ‘साम्बा’ न्युजिल्याण्डको क्लब वेलिङ्टन फिनेक्स एफसीसँग आबद्ध भएकी छन् । उनले २०२६–२७ सिजनसम्मका लागि करार सम्झौतामा हस्ताक्षर गरेको क्लबले जानकारी दिएको हो ।

भण्डारी यसअघि फ्रेन्च क्लब ईए गुइनगाम्पसँग अनुबन्ध थिइन् । उनले क्लबमा दुई वर्ष बिताएकी थिइन् । नयाँ यात्रा सुरु गर्न अघि सामाजिक सञ्जालमा एक पोस्ट मार्फत भण्डारीले क्लबलाई धन्यवादसमेत दिएकी छन् । उनले लेखेकी छन्, ‘प्रिय ईए गुइनगाम्प परिवार, हामीले पछिल्लो दुई वर्ष बिताएको अद्भूत यात्राको लागि धेरै धन्यवाद । हामीले यात्रा दौरान गरेको प्रगतिमा मलाई सदैव गर्व रहनेछ र यसको अर्थ मेरो करिअरमा विशाल रहनेछ ।’

उनले थपिन्, ‘हामी दुवै नयाँ सुरुवातका लागि अलग हुने समय आएको छ, तर क्लब र समर्थकहरूले मलाई दिएको मायाका लागि म सधैँ आभारी रहनेछु । जहाँ भए पनि मेरो समर्थन क्लबलाई रहनेछ ।’

भण्डारी इन्डियन वुमन्स सुपर लिग खेलेको पनि अनुभव रहेको छ । उनले सन् २०१९ मा सेथु एफसीबाट खेलेकी थिइन् । त्यसपछि सन् २०१९ देखि २०२३ सम्म गुकुलम केरलाबाट खेलिन् । भारतमा २४ खेल खेल्दै ३ वटा उपाधि जित्न सफल भएकी थिइन् ।

उनले यस क्रममा ६० गोल गरेको उनको नयाँ क्लबले जानकारी दिएको छ । उनले राष्ट्रिय टोलीका लागि ६० खेलमा ६६ गोलसमेत गरेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप