राष्ट्रिय स्वतन्त्र पार्टीको नाम र चुनाव चिह्न संशोधनको माग
सारांश
- युवराज सफलले रास्वपाको नाम र चुनाव चिह्न हटाउन निर्वाचन आयोगमा निवेदन दिएका छन्।
- उनले पार्टीको नाममा 'स्वतन्त्र' शब्दले मतदातालाई भ्रमित पारेको र चुनाव चिह्न धार्मिक आस्थासँग जोडिएको बताए।
- सफलले 'घण्टी' चुनाव चिह्नलाई राजनीतिक प्रयोजनमा प्रयोग गर्नु धर्मनिरपेक्षताको मर्म विपरीत भएको जनाए।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नाम र चुनाव चिह्न ‘घण्टी’ हटाउन माग गर्दै निर्वाचन आयोगमा निवेदन परेको छ। आफूलाई अभियन्ताको रूपमा चिनाउँदै आएका युवराज सफलले बिहीबार आयोगमा दिएको निवेदनमा पार्टीको नाममा रहेको ‘स्वतन्त्र’ शब्दले स्वतन्त्र उम्मेदवारहरूको वैधानिक अधिकार र पहिचान मेटिएको भन्दै सो शब्द हटाउन माग गरिएको छ।
‘पार्टी स्वतन्त्र हुन सक्दैन । त्यसका आफ्ना विचार, सिद्धान्त र नीतिहरू हुन्छन्,’ सफलको निवेदनमा भनिएको छ, ‘स्वतन्त्र भन्ने शब्दले जनमतलाई भ्रमित पार्ने काम भएको छ । मतदाताको आँखामा छारो हाल्ने प्रयास हो।’
त्यस्तै, सफलले पार्टीको चुनाव चिह्न ‘घण्टी’ समेत हटाउन माग गरेका छन्। उनले हिन्दु धर्ममा पूजा–आराधनाका क्रममा प्रयोग हुने घण्टी धार्मिक आस्था, विश्वास र मूल्यसँग गाँसिएको प्रतीक भएको उल्लेख गरेका छन् ।
‘धार्मिक विश्वासको केन्द्र रहेका चिह्नलाई राजनीतिक प्रयोजनमा प्रयोग गर्नु आपत्तिजनक छ,’ उनले निवेदनमा भनेका छन्, ‘यो धर्मनिरपेक्षताको मर्म विपरीत पनि हो।’ रवि लामिछानेको नेतृत्वमा गठन भएको पार्टी हाल संसद्को चौथो ठुलो दल हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण