बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

जीडीपीमा उद्योग क्षेत्रको योगदान बढाउनुपर्छ: अध्यक्ष पाण्डे

बिहीबार, ०१ साउन २०८२, १२ : २२
बिहीबार, ०१ साउन २०८२

सारांश

  • नेपाल उद्योग परिसंघका अध्यक्षले उद्योगको विस्तार आवश्यक रहेको बताए ।
  • जीडीपीमा उद्योगको योगदान घटेको र रोजगारी सिर्जनामा जोड दिनुपर्ने कुरा उनले व्यक्त गरे ।
  • मेक इन नेपाल अभियानलाई सघाउन स्वदेशी वस्तु प्रयोग निर्देशिकाले सहयोग गर्ने उनको भनाइ थियो ।

काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष  वीरेन्द्रराज पाण्डेले उद्योगहरू राष्ट्रका आधार भएकाले तीव्र रूपमा विस्तार हुन जरुरी रहेको बताए । 

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको वार्षिक उत्सवका अवसरमा आयोजित आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जीडीपिमा उद्योग क्षेत्रको योगदान घटेको र त्यसलाई बढाउन उद्योग क्षेत्रको विस्तार हुनुपर्ने बताए । 

रोजगारी सिर्जना गर्दै समग्र राष्ट्रको विकासमा महत्त्वपूर्ण योगदान गर्ने उद्योग क्षेत्रले नै भएकोले राज्यले उद्योगहरू स्थापनामा जोड दिनुपर्ने उनले बताए ।  अध्यक्ष पाण्डेले समग्र आर्थिक क्षेत्रको विकासका लागि उद्योगहरूको योगदान बढाउँदै लैजानुपर्ने आवश्यकता रहेको बताए । 

आयात प्रतिस्थापन गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने अठोटसहित नेपाल सरकार उद्योग वाणिज्य मन्त्रालयसँगको सहकार्यमा मेक इन नेपाल स्वदेशी अभियान नेपाल उद्योग परिसंघले सञ्चालन गरिरहेको उनको भनाइ छ । यो अभियानलाई सहयोग गर्नेगरी नेपाल सरकारले सार्वजनिक निकायमा स्वदेशी वस्तु प्रयोग सम्बन्धी निर्देशिका ल्याएको भन्दै उनले यसको पूर्ण कार्यान्वयनले स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने एवं विकास गर्नेमा सहयोग गर्ने बताए । 

उनले नेपाल सरकारबाट थप नीतिगत व्यवस्था हुन जरुरी रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप