प्लास्टिक सर्जरी सरकारकै उपेक्षामा, जनशक्ति वृद्धिमा छैन ध्यान
सारांश
- नेपालमा प्लास्टिक सर्जनको जनशक्तिको अभाव रहेको छ, जसलाई स्वास्थ्य मन्त्रालयले बेवास्ता गर्दै आएको छ।
- प्लास्टिक सर्जन बन्न लामो समय लाग्ने र दरबन्दी कम हुँदा यस पेशामा धेरैको रुचि कम छ।
- जलन उपचार र ट्रमा सेवामा प्लास्टिक सर्जरीको महत्त्वपूर्ण भूमिका रहेको छ, तर विशेषज्ञको अभाव छ।
काठमाडौँ । कुनै बिमारी, चोटपटक वा जन्मजात समस्याका कारण शरीरको बाहिरी अङ्गको स्वरूप असामान्य अवस्थामा छ भने प्लास्टिक सर्जरी गरेर त्यसलाई सामान्य अवस्थामा फर्काउन सकिन्छ । शल्य चिकित्साको यो विशेषज्ञता हासिल गरेका जनशक्ति भने नेपालमा निकै कम छन् ।
सुन्दरताको दृष्टिकोणबाट कतिपयले रहरमा यस्तो उपचार गराउँछन् भने कतिपयले दुर्घटना वा कुनै रोगका कारण नोक्सान भएको अङ्ग पुनर्स्थापनाका लागि यस्तो उपचार गराउनुपर्ने बाध्यता हुन्छ ।
नेपालमा प्लास्टिक सर्जनको जनशक्ति निकै कम छ । जनशक्तिको चरम अभाव हुँदासमेत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बेवास्ता गर्दै आएको सरोकारवाला बताउँछन् ।
मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्दा २ हजार १०२ जनशक्ति थप गर्नुपर्ने सुझाव आएको थियो । यद्यपि दरबन्दी थप्न सरकारले बेवास्ता गर्दै आएको छ ।
प्लास्टिक सर्जनमा ९ औँ तहमा ४ र ११ औँ तहमा २ वटामात्रै सरकारी दरबन्दी छ । एकातिर दरबन्दी थोरै छ भने अर्कातिर प्लास्टिक सर्जन सम्बन्धी विशेषज्ञता भएका चिकित्सक उत्पादन पनि निकै कम मात्र भएको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले वार्षिक ३ जना प्लास्टिक सर्जन उत्पादन गर्ने क्षमता छ । न्याम्सले प्लास्टिक सर्जरी विषय पढाउने अनुमति पाए पनि निर्धारित कोटामा विद्यार्थीको समेत अभाव छ । तीन वर्षमा जम्मा तीन जना प्लास्टिक सर्जनमात्र उत्पादन भएको न्याम्सले जनाएको छ । कोटा खाली रहेका कारण ९ जना उत्पादन हुनुपर्नेमा तीन जनामात्र उत्पादन गर्न सकिएको न्याम्सको भनाइ छ ।

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पनि न्याम्सको जस्तै हालत छ । त्रिवि शिक्षण अस्पताललाई प्लास्टिक सर्जनका लागि दुई सिट दिइएको छ । दुई वर्षअघि दुवै सिट खाली रहेको तर अहिले दुई जनाले अध्ययन गरिरहेको त्रिवि शिक्षण अस्पताल स्रोतले जनाएको छ ।
‘प्लास्टिक सर्जन बन्न लामो समय लाग्ने भएकाले पनि धेरैले रुचि राख्दैनन्,’ डा. राईले भने, ‘जनरल सर्जनपछि प्लास्टिक सर्जनमा आउन हत्तपत्त कोही चाहँदैन, त्यसमा पनि दरबन्दी न्यून छ ।’
कीर्तिपुर बर्न अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन डाक्टर शंकरमान राईका अनुसार दरबन्दी कम हुनु र लामो समयसम्म अध्ययन गर्नुपर्ने भएकाले प्लास्टिक सर्जनको अभाव भएको हो ।
एमबीबीएस अध्ययन गर्न ४–५ वर्ष लाग्छ, त्यसपछि इन्टर्नसिपमा लागि दुई वर्ष काम गर्नुपर्छ । त्यसको एकदुई वर्ष काम गरेर प्रतिस्पर्धाका आधारमा जनरल सर्जरी तीन वर्षमा पास गर्नुपर्छ । जेनरल सर्जन भइसकेर पुनः इन्ट्रान्स परीक्षा पास गरेपछि मात्रै अर्को तीन वर्ष अध्ययन गरेर प्लास्टिक सर्जन बन्न पाइन्छ ।
‘प्लास्टिक सर्जन बन्न लामो समय लाग्ने भएकाले पनि धेरैले रुचि राख्दैनन्,’ डा. राईले भने, ‘जनरल सर्जनपछि प्लास्टिक सर्जनमा आउन हत्तपत्त कोही चाहँदैन, त्यसमा पनि दरबन्दी न्यून छ ।’
करिब ५० जना प्लास्टिक सर्जन काठमाडौँ केन्द्रित छन् । छात्रवृत्तिमा अध्ययन गरेकाले एक जना चिकित्सक पोखरा र अर्का एक जना नेपागञ्जमा पुगेका हुन् । उनीहरू पनि दुई वर्षपछि काठमाडौँ नै फर्किन सक्छन् ।
- जलनको छुट्टै चिकित्सक
नेपालमा जलन उपचार गर्न आवश्यक चिकित्सकको समेत अभाव छ । पचास जना प्लास्टिक सर्जनले ट्रमा, जलन, क्यान्सर, जन्मजात आउने समस्या लगायतको उपचार धान्न नसक्ने डा.राईको भनाइ छ । ‘जलन उपचार प्लास्टिक सर्जनले मात्रै गर्नुपर्छ भन्ने मान्यता हटाउनुपर्छ,’ उनले भने, ‘यसका लागि छुट्टै विशेषज्ञ बनाउनुपर्छ ।’
प्लास्टिक सर्जनले मात्रै जलनको उपचार गरिरहने हो भने अबको २० वर्षपछि मात्र माग अनुसारको चिकित्सक पुग्ने उनको भनाइ छ ।
क्यान्सर उपचारपछि प्लास्टिक सर्जरीको महत्त्वपूर्ण भूमिका रहने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका प्लास्टिक सर्जन डा. समित शर्माको जिकिर छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार वार्षिक ६० हजार जना जलनमा पर्ने गर्छन् भने तीमध्ये २ हजार जनाको मृत्यु हुने गरेको छ । कीर्तिपुर बर्न अस्पतालमा दैनिक सरदर ३५ र अन्य चार अस्पतालमा १५ जनाको जलनसम्बन्धी उपचार हुँदै आएको छ ।
- प्लास्टिक सर्जरीविना ट्रमा सेवा अधुरो
क्यान्सर उपचारपछि प्लास्टिक सर्जरीको महत्त्वपूर्ण भूमिका रहने त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका प्लास्टिक सर्जन डा. समित शर्माको जिकिर छ । प्लास्टिक सर्जनले छालामात्रै नभएर मासु, हड्डीसम्मको उपचार गर्ने गरेको उनको भनाइ छ ।
उनले उदाहरण दिँदै भने, ‘एक जना २७ वर्षीय महिलाको टाउको पछाडिको भागमा ठुलो ट्युमर थियो । त्यसलाई निकालेपछि टाउकोमा ठुलो खाल्डो भयो । त्यो खाल्डो पुर्न डाढको मासु ल्याएर राखिन्छ । त्यसलाई कस्मेटिक सर्जन भन्न मिल्दैन, यो त टाउकोलाई पुनर्निर्माण गरिएको हो ।’
त्यस्तो अवस्थामा टाउकोको खाल्डोलाई पुरिएन भने इन्फेक्सन भई घाउ पाक्ने, गिदी नै पाक्न सक्ने सम्भावना हुने डा. शर्माले बताए । उनले भने, ‘शरीरमा भएको क्यान्सरलाई निकालिसकेपछि खाल्डोलाई कसरी छोप्ने भन्ने मुख्य कुरा हुन्छ । त्यसपछि मात्रै कस्मेटिक प्लास्टिक सर्जन गर्न सकिन्छ ।’
कीर्तिपुर अस्पतालका प्लास्टिक सर्जन डा विशाल कार्कीले जन्मजात ओठ, तालु फाटेको समस्या प्लास्टिक सर्जरी मार्फत मिलाउन सकिने बताए ।
सोलुखुम्बुबाट ट्रमा सेन्टरमा उपचार गराउन आएकी एक महिलाको टाउकोमा सानो जलेको दाग थियो । उमेरसँगै टाउको घाउ बढ्दै गएर क्यान्सरमा परिणत भयो । टाउकोमा क्यान्सर फैलिएर गिदीसम्म पुग्न लागेको थियो । न्यूरो सर्जन डाक्टरले शल्यक्रिया गरेपछि हड्डीभन्दा बाहिर ढाडबाट मासु निकालेर नसा र रक्तसञ्चारलाई स्थापित गराई मासुले छोपेर त्यसमाथि छाला प्रत्यारोपण गरिएको थियो । यस्ता खालका केस धेरै आउने गरेको चिकित्सक बताउँछन् ।
यस्तै, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका प्लास्टिक सर्जन डा. अनुराग सिंह थापाले प्लास्टिक सर्जरीविना ट्रमा उपचार अधुरो रहने बताए । उनले भने, ‘जीवन बचाउनु पहिलो कर्तव्य हो र त्यसलाई पुनर्स्थापना गर्नु दोस्रो कर्तव्य हो, प्लास्टिक सर्जनले दोस्रो कर्तव्य पूरा गर्छन् ।’
कीर्तिपुर अस्पतालका प्लास्टिक सर्जन डा विशाल कार्कीले जन्मजात ओठ, तालु फाटेको समस्या प्लास्टिक सर्जरी मार्फत मिलाउन सकिने बताए । हालसम्म जन्मजात समस्या भएका ओठ, तालु, कान फाट्ने लगायतका २५ हजार बालबालिकाको समस्या प्लास्टिक सर्जरीबाट मिलाइएको उनको भनाइ छ ।
कस्मेटिक सर्जरी र रिकन्स्ट्रक्टिभ सर्जरी गरी प्लास्टिक सर्जरी दुईथरि हुन्छ । प्लास्टिक सर्जरी सौन्दर्यसँग पनि सम्बन्धित हुन्छ । धेरैले प्लास्टिक सर्जन भन्ने बित्तिकै सुन्दरताका लागि गरिने शल्यक्रिया बुझ्ने गरेको डा. कार्कीले बताए ।
सुन्दरताका लागि अनुहारमा भएको कोठी मन नपरेमा हटाउने वा मन लागे राख्ने, नाक, कान, गाला, निधारको साइज घटाउने वा बढाउने, अनुहारमा आएको चाउरीपना हटाउने, अनुहारको आकार मिलाउने, स्तनको आकार सानो वा ठुलो बनाउने लगायतका काम पनि यसमा पर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘बाः एक योद्धा’ ले सार्वजनिक गर्यो कलाकार
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण