वाईसीएल नेपालको श्रम तथा उत्पादन अभियान आजदेखि सुरु, तस्बिरहरु
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन वाईसीएल नेपालले आजदेखि ‘श्रम तथा उत्पादनमा वाईसीएल’ अभियान सुरु गरेको छ । ललितपुरको बालकुमारी चौर, सुनाकोठीमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अभियानको उद्घाटन गरेका हुन् ।
_FRCK18yyvM.jpg)
असार १७ र १८ गते बसेको वाईसीएलको पदाधिकारी बैठकले साउन/भदौमा दुई महिने श्रम अभियान चलाउने निर्णय गरेको थियो । उत्पादनमा कृषि, उद्योग, व्यापार (डिजिटल व्यापार) का क्षेत्रमा ठोस योजना बनाएर अभियान सुरु गरिएको अध्यक्ष पुष्प ओलीले बताए ।
_iS5wmNAlRI.jpg)
ओलीका अनुसार कार्यक्रममा प्रचण्डले इँटा लगाउने, घाँस काट्ने, वृक्षारोपण गर्ने, चौरको सरसफाइ गर्ने जस्ता कार्यहरूमा युवा स्वयंसेवकहरूसँग श्रम आबद्ध भएर सहकार्य गरे । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले उत्पादन र राष्ट्रिय अर्थतन्त्र निर्माणमा पार्टी र वाईसीएलले अग्रणी भूमिका खेल्नुपर्ने निर्देशन दिए ।
‘देशैभरि यस्ता कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ । यो अभियान माओवादी आन्दोलनको वैचारिक र व्यवहारिक गहिराइसँग जोडिएको विषय हो । यसका लागि म वाईसीएललाई धन्यवाद दिन चाहन्छु । युवालाई भ्रष्टाचारविरुद्ध सशक्त भूमिका खेल्न आह्वान गर्दछु’, उनले भने ।
_D1qrB07U5A.jpg)
_5SwknNmTMi.jpg)
_OBViwQRt3a.jpg)
_I4GVvyJnGr.jpg)
_A8iM9au3aH.jpg)
_CzoloZvUfO.jpg)
_1xxeXqlN7g.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण