‘बा’ को राज रहुन्जेल सगोत्री पार्टनरहरूलाई छुट भइरहन्छ : उपेन्द्र यादव
सारांश
- उपेन्द्र यादवले बालुवाटार र च्यासलमा 'बा' को राज रहुन्जेल भ्रष्टाचारमा छुट हुने बताए।
- उनले मधेसी मूलका मन्त्रीलाई राजीनामा दिन बाध्य पारेको तर बलराम अधिकारीलाई जोगाएको आरोप लगाए।
- यादवले बलराम अधिकारीको स्थानमा अन्य समुदायको व्यक्ति भएको भए प्रधानमन्त्रीले नछोड्ने बताए।
काठमाडौँ । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले बालुवाटार र च्यासलको शिरमा ‘बा’ को राज रहुन्जेल उनका सगोत्री पार्टनरहरूलाई छुट भइरहने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै यादवले भ्रष्टाचारको आरोप लागेका मन्त्रीहरूप्रति लक्षित गर्दै यस्तो बताएका हुन् । ‘ढुक्क हुनुस्, भूमि मन्त्री बलराम अधिकारीले राजीनामा दिनु पर्दैन । बालुवाटार र च्यासलको शिरमा ‘बा’ को राज रहुन्जेल उनका सगोत्री पार्टनरहरूलाई जो गर्न पनि छुट छ’, यादवले लेखेका छन् ।
उनले सामान्य प्रशासन मन्त्री रहेका राजकुमार गुप्तालाई भने मधेस मूलका भएकै कारण राजीनामा दिन बाध्य पारेको तर भूमिमन्त्री बलराम अधिकारीलाई जोगाएको संकेत गरेका हुन् ।
‘सामान्य प्रशासन मन्त्री पदबाट भर्खरै राजीनामा दिएका राजकुमार गुप्ता मधेस मूलका थिए र उनलाई राजीनामा दिन बाध्य पारियो’, यादवले भनेका छन्, ‘बिचौलिया, कमिसनखोर र भ्रष्टाचारीहरूका संरक्षक शिरोमणि ‘बा’ का उनी सगोत्री भएको भए अझै ठुलो काण्ड गरे नि ‘बा’ को शिरमा विराजमान भइरहन्थे ।’ अधिकारीको ठाउँमा कुनै मधेसी,थारु, दलित वा जनजाति समुदायको व्यक्ति मन्त्री भएको भए प्रधानमन्त्रीले नछोड्ने पनि यादवको भनाइ छ ।
‘बलराम अधिकारीको ठाउँमा कुनै मधेसी, थारु, दलित वा जनजाति समुदायको व्यक्ति मन्त्री भएको भए यो केसमा ‘बा’ ले राजीनामाको फरमान जारी गर्न एकपल पनि खेर फाल्ने थिएनन्’, यादवको भनाइ छ ।
अध्यक्ष यादवले समाचार प्रकाशित भएलगत्तै फेसबुक स्टाटस् हटाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण