सूचनाको हकको सहज उपयोगका लागि डिजिटल प्लेटफर्म सार्वजनिक
सारांश
- राष्ट्रिय सूचना आयोगले सूचनाको हक प्रयोगका लागि डिजिटल प्लेटफर्म सार्वजनिक गरेको छ।
- यो प्लेटफर्मले संघीय सरकारका निकायहरूमा सूचना माग गर्न र पुनरावेदन गर्न मद्दत गर्छ।
- आयोगले जेठ २५ देखि असार मसान्तसम्म २३ वटा मुद्दा दर्ता गरेको जानकारी दिएको छ।
काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचनाको हकको सहज उपयोगका लागि डिजिटल प्लेटफर्म सार्वजनिक गरेको छ ।
आयोगले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सूचनाको हकको सहज उपयोगका साथै सार्वजनिक निकायमा भएका काम कारबाहीका सूचनालाई डिजिटल प्लेटफर्ममार्फत उपलब्ध गराउन आरटीआई मेनेजमेन्ट सिस्टम सार्वजनिक गरेको हो ।
सो व्यवस्था अनुसार पहिलो चरणमा संघीय सरकारका मन्त्रालयहरू, संवैधानिक तथा केन्द्रीय आयोग, विभाग वा विभागस्तरका कार्यालयहरूलाई अनलाइन प्रणालीमार्फत सूचना माग गर्ने, सूचना उपलब्ध नगराए पुनरावेदन समेत गर्न सकिने आयोगले जनाएको छ । यसलाई तीनै तहका सरकार र देशव्यापी रूपमा क्रमशः लागू गर्ने योजना रहेको आयोगका प्रमुख सूचना आयुक्त डा सुरेशप्रसाद आचार्यले जानकारी दिए । उनले डिजिटल प्लेटफर्ममार्फत सहज रूपमा सूचनाको हक प्रयोग गर्न सकिने र विभिन्न निकायमाथि हुने गरेको गुनासोको समेत यसैमार्फत जानकारी गराउन सकिने बताए ।
आयोगले जेठ २५ देखि असार मसान्तसम्मको अवधिमा २३ वटा मुद्दा दर्ता भएको र जवाफ दिन नपर्नाको कारण भए जवाफ पेस गर्न २४ वटा आदेश भएको जानकारी दिएको छ । त्यस्तै आर्थिक वर्ष २०८१/८२ को एक वर्षभित्र कूल १ हजार ५३ वटा मुद्दा दर्ता भएको र त्यसमध्ये ९८५ वटा आदेश गरिएको आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण