८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सैनिक हवलदार पक्राउ
बिहीबार, ०१ साउन २०८२, १६ : २१
सारांश
- प्रहरीले काठमाडौँबाट एक जना सेनाका हवलदारलाई बलात्कारको आरोपमा पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा भक्तपुरका ३७ वर्षीय दीपक राउत रहेका छन्, जसलाई ८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ।
- घटना नागार्जुनस्थित तल्लो टौखेलमा घटेको थियो, र अभियुक्त कपिलवस्तुस्थित शमशेरदल गणमा कार्यरत छन्।
काठमाडौँ । प्रहरीले बलात्कारमा संलग्न आरोपमा सेनाका एक जना हवलदारलाई काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण घर भएर नागार्जुन नगरपालिका–६ स्थित तल्लो टौखेल बस्ने ३७ वर्षीय दीपक राउत छन् ।
बालिकालाई बलात्कार गरेको आरोपमा बुधवार राति उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
राउतले ८ वर्षीया बालिकालाई नागार्जुनस्थित तल्लो टौखेलमा आफ्नै घरमा लगेर बलात्कार गरेको पीडित परिवारका सदस्यहरूले बताएका छन् । राउत कपिलवस्तुस्थित शमशेरदल गण गोरुसिङ्गेमा कार्यरत छन् ।
राउतमाथि प्रहरी वृत्त स्वयम्भुले अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ । बालिकाकी आमाले आरोपी विरुद्ध प्रहरी वृत्त स्वयम्भूमा जाहेरी दिएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण