खुमलटारमा प्रचण्ड र शेखर कोइरालाबिच भेट
बिहीबार, ०१ साउन २०८२, १७ : ४८
१
सारांश
- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पूर्वप्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्नुभयो।
- उहाँहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ।
- सत्ता गठबन्धनमा विवाद चलिरहेका बेला भएको भेटघाटलाई महत्त्वका साथ हेरिएको छ।
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।बिहीबार दिउँसो ३ बजेदेखि ५ बजेसम्म दुई घण्टा भेट भएको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।
थपलियाका अनुसार समसामयिक राजनीतिबारे छलफल भएको छ । पछिल्लो समय सत्ता गठबन्धनबिच विवाद चर्किरहेको बेला प्रचण्ड र कोइरालाबिच भएको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ । ‘प्रचण्डसँग खुमलटारमा भेट भएको हो । समसामयिक राजनीतिबारे छलफल भएको हो’, रातोपाटीसँग उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण