सचिवालय बैठक
एमाले सचिवालय बैठकमा ११ पदाधिकारी राख्ने प्रस्ताव
बिहीबार, ०१ साउन २०८२, १९ : ०८
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकमा पदाधिकारी सङ्ख्या घटाउने प्रस्ताव पुगेको छ । बिहीबार बसेको सचिवालय बैठकमा उपाध्यक्ष विष्णु पौडेलले तयार पारेको विधान संशोधन प्रस्तावमा यो विषय समेटिएको एक नेताले जानकारी दिए ।
ती नेताका अनुसार १ अध्यक्ष, ३ उपाध्यक्ष, एक महासचिव, १उपमहासचिव र ५ सचिवसहित ११ सदस्यीय राख्ने प्रस्ताव पेस भएको छ । उक्त प्रस्तावमाथि छलफल जारी रहेको छ । त्यस्तै संशोधित विधान प्रस्तावमा १९९ केन्द्रीय सदस्य रहने उल्लेख छ । हाल एमालेमा वरिष्ठ उपाध्यक्षसहित १९ पदाधिकारी रहेका छन् ।
दिउँसो साढे १ बजेबाट बसेको सचिवालय बैठक अझै लम्बिने नेताहरुले बताएका छन् । बैठक लम्बिने भएपछि नेताहरु विचमा खाजा खाएर पुन बैठक कक्षमा पसेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण