श्रमिकको न्यूनतम पारिश्रमिक बढ्यो, कति पुग्यो ?
काठमाडौँ । श्रमिकहरुको तलब बढेको छ । बिहीबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै श्रमिकहरुको तलब बढेको जानकारी दिएको हो ।
अब श्रमिकहरुको मासिक तलब १९ हजार ५ सय ५० कायम भएको छ ।
यसअघि चिया बगानबाहेकका नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ थियो। प्रतिघण्टाको ज्याला ८९ रुपैयाँ थियो ।
आंशिक रूपमा काम गर्ने श्रमिकको भने प्रतिघण्टा ९५ रुपैयाँ न्यूनतम पारिश्रमिक थियो।
बुधबार साँझ सरकार, रोजगारदाता र श्रमिकबीच भएको सहमति अनुसार उक्त पारिश्रमिकमध्ये आधारभूत पारिश्रमिकबापत १२ हजार १७० रुपैयाँ र महङ्गी भत्ताबापत ७ हजार ३८० रुपैयाँ रहेका छन् । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र लगायतका प्रतिनिधिहरूसँगको छलफल र सुझावका आधारमा श्रम ऐन, २०७४ को दफा १०६ (१) बमोजिम सरकारले यो निर्णय गरेको हो ।
यसैगरी, दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक ७५४ रुपैयाँ रहेको छ । यसमध्ये आधारभूत ४७० र महङ्गी भत्ता २८४ रुपैयाँ छ ।
त्यस्तै, प्रतिघण्टाको पारिश्रमिक १०१ रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ । यसमध्ये आधारभूत ६३ र महङ्गी भत्ता ३८ रुपैयाँ कायम गरिएको छ । आंशिक समय काम गर्ने कामदारको हकमा भने प्रतिघण्टा न्यूनतम पारिश्रमिक १०७ रुपैयाँ तोकिएको छ ।
यो नयाँ पारिश्रमिक दर चिया बगानका श्रमिकहरूको हकमा भने लागू हुने छैन। उनीहरूको पारिश्रमिक निर्धारणका लागि सम्बन्धित सरोकारवालासँग छलफल गरी छुट्टै निर्णय गरिने निर्णयमा उल्लेख छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण