ट्रेलरमा यस्तो देखियो चलचित्र ‘रियाल रिङ्गेट’
काठमाडौँ । यही साउन १६ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘रियाल रिङ्गेट’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ ।
साउन सङ्क्रान्तिको अवसर पार्दै बिहीबार सार्वजनिक गरिएको ट्रेलरमा नेपाली युवाहरूले अपनाउन बाध्य वैदेशिक रोजगारी र रोजगारीको सिलसिलामा भोग्नुपरेका विभिन्न कठिनाइ समेटिएको छ ।
ट्रेलरका केही दृश्यहरू दिल चस्काउने प्रकारका छन् । ती दृश्यले आतङ्कवादीको सामूहिक बन्दी बनाइएका तथा कब्जामा परेका नेपाली कामदारहरूको झल्को दिन्छन् भने चलचित्रका अभिनेता प्रमोद चौलागाईँले कब्जामा रहेकै बेला नेपालमा पठाएको भिडियो सन्देश पनि देख्न सकिन्छ ।
निर्देशक विभोर पोखरेल फिल्म हरेक नेपालीको कथा भएको बत्ताउँछन् । उनले फिल्मले वैदेशिक रोजगारीमा गएका नेपाली युवायुवतीहरूले भोग्नुपर्ने यथार्थ र उनीहरूको जीवनशैलीलाई नजिकबाट चित्रण गरेको सुनाए ।
फिल्ममा प्रमोद चौलागाईं र निता ढुङ्गानाका साथै छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी लगायतका कलाकारहरूको अभिनय छ ।
प्रदीप भारद्वाजले लेखन गरेको फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व, हरि घलेको छायाङ्कन, विपिन मल्लको सम्पादन, राजीव समरको कोरियोग्राफी छ ।भारतको राजस्थान, नेपालका चितवन, काठमाडौँ र लेटाङमा छायाङ्कन गरिएको फिल्म काफिया फिल्म्सले वितरण गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण