बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

रियलबाट बिदा भए भाज्क्वेज

बिहीबार, ०१ साउन २०८२, २० : ५८
बिहीबार, ०१ साउन २०८२

सारांश

  • लुकास भाज्क्वेजले रियल मड्रिडबाट १० वर्षको यात्रा टुङ्ग्याएका छन्, क्लबले बिदाई कार्यक्रम गर्‍यो।
  • बिदाई समारोहमा एम्बाप्पे, लुनिन र मार्सेलोको उपस्थिति रह्यो, भाज्क्वेजले आँसु रोक्न सकेनन्।
  • भाज्क्वेजले रियलका लागि ४०२ खेल खेले, २३ उपाधि जिते, र उनलाई टोलीको समर्पणका लागि चिनिन्छ।

मड्रिड । लुकास भाज्क्वेजले स्पेनिस क्लब रियल मड्रिडबाट आफ्नो १० वर्षे सफल यात्रालाई अन्त्य गरेका छन्। क्लबले भाज्क्वेजको सम्मानमा भल्डेबेबासस्थित आफ्नो ट्रेनिङ सेन्टरमा औपचारिक बिदाइ कार्यक्रम आयोजना गर्‍यो।

उक्त समारोहमा क्लबका समकक्षी किलियन एम्बाप्पे र गोलरक्षक अन्द्रिय लुनिन आफ्ना बिदा छोट्याउँदै उपस्थित भए। साथै, सात सिजनसम्म भाज्क्वेजसँग ड्रेसिङ रुम बाँडेका पूर्वकप्तान मार्सेलो पनि कार्यक्रममा सहभागी भएका थिए।

१६ वर्षको उमेरमा २००७ मा रियल मड्रिडको प्रसिद्ध यूथ एकेडेमी ला फाब्रिका मा प्रवेश गरेका भाज्क्वेजले छिट्टै आफनो प्रतिभा देखाउँदै रिजर्भ टोली कास्तियालाई दोस्रो डिभिजनमा फर्काउन मद्दत गरे। त्यसपछि सन् २०१४-१५ मा उनलाई एस्पान्योलमा लोनमा पठाइएको थियो। त्यहाँ उत्कृष्ट प्रदर्शन गरेपछि उनी सन् २०१५-१६ मा रियल मड्रिडको पहिलो टिममा समावेश भए।

लुकास भाज्क्वेजले रियलका लागि ४०२ खेल खेले, ३८ गोल गरे र ६१ असिस्ट प्रदान गरे। उनले क्लबसँगै ५ वटा च्याम्पियन्स लिग उपाधि, ४ वटा ला लिगा उपाधिसहित कुल २३ उपाधि जिते। यद्यपि उनी कहिल्यै स्टार खेलाडीका रूपमा होइन, टोलीको लागि निस्वार्थ समर्पण गर्ने र माड्रिडिस्मो को प्रतिनिधि खेलाडीका रूपमा चिनिए।

बिदाइ समारोहमा बोल्दै भाज्क्वेजले आँसु रोक्न सकेनन्। उनले भने, ‘यो मेरो जीवनको सबैभन्दा महत्वपूर्ण दिनमध्ये एक हो। तपाईंहरूले दिएको हरेक समर्थन, ताली र मायाको लागि धन्यवाद। तपाईंहरूले मलाई घरजस्तै महसुस गराउनुभयो। आज म बिदा लिँदैछु, तर म रियल मड्रिडबाट कहिल्यै विदा हुने छैन।’

३४ वर्षीय भाज्क्वेजको भविष्य अझै तय भएको छैन। रिपोर्ट अनुसार उनले पूर्वक्लब एस्पान्योलबाट आएको प्रस्तावलाई रियल मड्रिडप्रति सम्मानस्वरूप अस्वीकार गरेका छन्। हाल उनलाई कतार र टर्कीको फेनेरबाचेबाट प्रस्ताव आएको बताइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप