बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

२४ लाख हस्ताक्षरको दाबीप्रति महेश बस्नेतको टिप्पणी : ‘फेसबुक र टिकटकको कथा मात्रै’

बिहीबार, ०१ साउन २०८२, २१ : ४७
बिहीबार, ०१ साउन २०८२

काठमाडौँ । नेकपा (एमाले) का नेता महेश बस्नेतले रवि लामिछानेको पक्षमा सङ्कलित भनिएको २४ लाख ५७ हजार हस्ताक्षरप्रति शङ्का व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत बस्नेतले यो सङ्ख्या ‘फेसबुक र टिकटकमा मात्रै सम्भव हुने कथा’ भन्दै व्यङ्ग्य गरेका हुन् ।

‘२४ लाखको पोस्टको गफ, २४ हजारको यथार्थ,’ उनले लेखेका छन्, ‘अदालतमा मुद्दा जिताउन हस्ताक्षरको बण्डल होइन, प्रमाणको दम चाहिन्छ।’ उनले अदालत स्क्रिनसट वा ह्यासट्यागबाट होइन, तथ्य र प्रमाणबाट चल्ने बताए ।

बस्नेतले लामिछानेका समर्थकहरू दिनभरि #IStandWithRabi भन्दै सामाजिक सञ्जालमा पोस्ट सेयर गरेर व्यस्त देखिए पनि त्यो कानुनी प्रक्रियामा कुनै काम नलाग्ने बताए। ‘फेसबुकको फारम भरेर, नागरिकता र पासपोर्टको, कानुन र परिआए गणतन्त्र बदल्ने चाहना पुरा हुँदैन,’ उनले लेखेका छन् ।

‘२४ लाखको हल्ला गर्दै हिँड्नेहरूसँग एउटै प्रश्न — त्यो हस्ताक्षर कति कानुनी, कसले गन्यो, कहाँ बुझायौ ?’ भन्दै उनले हस्ताक्षर सङ्कलनको औचित्यमाथि प्रश्न उठाएका छन्। उनले व्यङ्ग्य गर्दै थपे, ‘फेसबुकले मुद्दा जिताइदिने भए रविजीलाई त न्यायालय होइन, टिकटक उच्च र फेसबुक सर्वोच्च बनिसक्थ्यो ।’ 

उनले थपे, ‘अनि रेसम ड्राइभर र रमा बस्नेत भन्नेहरू रास्वपाका न्यायाधीश बन्थे र तोसिमा, सबिता र सुमनका वकालत सुनेर फैसला गर्थे र रवि अहिले रिहा भएर प्रचण्ड र शेखर कोइरालासँग खुमलटार  बसेर सरकार ढाल्ने योजना बनिरहेको हुन्थे ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप