पहलगाममा हमला गर्ने द रेजिस्टेन्स फ्रन्टलाई अमेरिकाले घोषित गर्यो आतङ्कवादी सङ्गठन
सारांश
- अमेरिकाले द रेजिस्टेन्स फ्रन्ट (टीआरएफ) लाई विदेशी आतङ्कवादी सङ्गठन घोषणा गरेको छ।
- टीआरएफले पहलगाममा भएको आक्रमणको जिम्मेवारी लिएको छ, जसमा २६ नागरिक मारिएका थिए।
- अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा यो जानकारी दिइएको छ।
वासिङ्टन डीसी । अमेरिकाले द रेजिस्टेन्स फ्रन्ट (टीआरएफ)लाई विदेशी आतङ्कवादी सङ्गठन घोषणा गरेको छ । अमेरिकी विदेश मन्त्रालयले यो जानकारी दिँदै एक विज्ञप्ति जारी गरेको छ ।
‘लश्कर–ए–तैयबा (एलईटी)को फ्रन्ट टीआरएफले अप्रिल २२ मा पहलगाममा भएको आक्रमणको जिम्मेवारी लिएको छ । यसमा २६ नागरिक मारिएका छन् ।’ विज्ञप्तिमा अमेरिकी विदेशमन्त्री मार्काे रुबियोले भनेका छन् ।
‘यो २००८ को मुम्बई आक्रमण पछि भारतमा नागरिकहरूमाथि भएको सबैभन्दा घातक आक्रमण थियो, जुन लश्कर–ए–तैयबाद्वारा गरिएको थियो । एलईटीले भारतीय सुरक्षा बलहरूमाथि भएका धेरै आक्रमणहरूको जिम्मेवारी पनि लिएको छ, जसमध्ये सबैभन्दा पछिल्लो २०२४ मा भएको थियो ।’ विज्ञप्तिमा अझ अगाडि भनिएको छ ।
भारतीय विदेश सचिव विक्रम मिश्रीले मे ७ मा एक प्रेस ब्रिफिङको क्रममा पहलगाम आक्रमणको लागि टीआरएफलाई जिम्मेवार ठहराएका थिए । ‘द रेजिस्टेन्स फ्रन्ट (टीआरएफ) भनिने समूहले आक्रमणको जिम्मेवारी लिएको छ । यो समूह संयुक्त राष्ट्र संघद्वारा प्रतिबन्धित पाकिस्तानी आतङ्कवादी समूह लश्कर–ए–तैयबाको मोर्चा हो ।’ मिस्रीले भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण