वातावरणमैत्री सडक संरचना बनाउन सरकार लागेको छ : मन्त्री दाहाल
शुक्रबार, ०२ साउन २०८२, १० : ००
सारांश
- मन्त्री देवेन्द्र दाहालले वातावरणमैत्री सडक बनाउन सरकार लागिपरेको बताए।
- उनले अपाङ्गमैत्री र वातावरणमैत्री सडक संरचना बनाउने कुरामा मन्त्रालय योजनाबद्ध रूपमा लागिरहेको बताए।
- मन्त्री दाहालले सडक विस्तारका लागि मुआब्जा दिन नसकिने अवस्थाबारे पनि जानकारी गराए।
काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले वातावरणमैत्री सडक संरचना बनाउने कुरामा सरकारले ध्यान दिइरहेको बताएका छन् । पूर्वाधार विकास समितिको आज बसेको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले संविधानले पनि र मन्त्रालयले पनि अपाङ्गमैत्री र वातावरणमैत्री सडक संरचना बनाउने कुरा गरेको भन्दै त्यसमा आफूहरू लागिरहेको उल्लेख गरे । ठाउँ ठाउँमा लिफ्टको व्यवस्था गर्ने, आकाशे पुल बनाउने कुरामा मन्त्रालयले योजनाबद्ध रूपमा काम गरिरहेको बताए ।
एडभान्स लिफ्ट नै राख्ने प्रस्ताव दातासँग राखेको पनि बताए । कतिपय ठाउँमा सडक विस्तारका लागि मुआब्जा दिन सक्ने अवस्था समेत नरहेको बताए ।
मन्त्री दाहालले काम अघि नबढिरहेको बेलामा समितिसँग छलफल हुनु राम्रो भएको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण