पूर्वराष्ट्रपति भण्डारी र कांग्रेस नेता कोइरालाबिच भेटघाट
सारांश
- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र डा. शेखर कोइरालाबीच भेटघाट भएको छ, जसमा समसामयिक राजनीतिक विषयमा कुराकानी भयो।
- भेटमा डा. कोइरालाले भ्रष्टाचारविरुद्धको आवाज उठाउँदै पूर्वराष्ट्रपतिको साथ मागेका थिए र सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाए।
- भण्डारीले सुशासनको पक्षमा साथ दिने र सक्रिय राजनीतिमा आउन लागेकोले कोइरालाको समर्थन मागेकी थिइन्।
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाबिच भेटघाट भएको छ । पूर्व राष्ट्रपति भण्डारीको बुढानीलकण्ठ नगरपालिकाको भंगालमा रहेको निवासमा शुक्रबार बिहान भएको भेटको समसामयिक राजनीतिका विषयमा कुराकानी भएको थियो ।
करिब एक घण्टा भएको भेटमा डा.कोइरालाले आफूले भ्रष्टाचारको विरुद्ध सुशासनको पक्षमा आवाज उठाउँदै आएको जानकारी दिँदै त्यसमा साथ दिन पूर्वराष्ट्रपति भण्डारीलाई आग्रह गरेका थिए । वर्तमान सरकारले भ्रष्टाचार न्यूनीकरण गर्न सोचे जति नसकेको उनको भनाइ थियो ।
त्यसपछि पूर्वराष्ट्रपति भण्डारीले सुशासनको पक्षमा हुने प्रयासमा आफ्नो साथ रहने बताइकी थिइन् । उनले आफू अब सक्रिय राजनीतिमा आउन लागेकाले डा.कोइरालासँग साथ र समर्थन मागेकी थिइन् ।
डा.कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले पूर्व राष्ट्रपति भण्डारी र डा. कोइरालाबिच एक घण्टा भेटघाट भएको पुष्टि गरे । ‘उहाँहरूबिच करिब एक घण्टा आज बिहान कुराकानी भएको हो,’ थपलियाले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण