अर्थ मन्त्रालयको मार्गदर्शन
चैतसम्म ५० प्रतिशत खर्च नगरे सरकारी निकायको भुक्तानी रोकिने
शुक्रबार, ०२ साउन २०८२, ११ : ३३
सारांश
- अर्थ मन्त्रालयले विकास खर्च पुस मसान्तसम्म ३० प्रतिशत र चैत मसान्तसम्म ५० प्रतिशत पुर्याउनुपर्ने व्यवस्था गरेको छ।
- तोकिएको समयमा खर्च नभए सम्बन्धित मन्त्रालयका सचिवले अर्थ मन्त्रालयमा प्रतिबद्धता जनाउनुपर्नेछ।
- स्वीकृत आयोजनाको हकमा बिल अनुसारको भुक्तानीका लागि मन्त्रालयसम्म पुग्नुपर्दैन।
काठमाडौँ । विकासका कार्यक्रमले पुससम्म ३० प्रतिशत र चैतसम्म कम्तीमा ५० प्रतिशत विकास खर्च गरिसक्नुपर्ने भएको छ । अर्थ मन्त्रालयले जारी गरेको मार्गदर्शनमा दोस्रो त्रैमासिकभित्र ३० प्रतिशत र तेस्रो त्रैमासिकमा ५० प्रतिशत खर्च गरिसक्नुपर्ने व्यवस्था गरेको हो ।
सो बराबर खर्च भएमा मात्रै सरकारले भुक्तानी दिनेछ । यदि तोकिएको भन्दा कम भुक्तानी भएको अवस्थामा सम्बन्धित मन्त्रालयको सचिवले अर्थ मन्त्रालयमा प्रतिबद्धता व्यक्त गरेपछि मात्रै भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ ।
सामान्यतः कार्यालय वा सम्बन्धित निकायबाट आयोजनाको ठेक्का स्वीकृत भएका आयोजनामा बिल अनुसारको भुक्तानीका लागि मन्त्रालयसम्म पुग्नु पर्दैन । तर, तोकिएको भन्दा कम खर्च गर्ने निकायका लागि त्यस्तो खर्चको निकासा यस्तो प्रतिबद्धता व्यक्त गर्नुपर्ने व्यवस्था गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण