डेंगुका कारण अस्पतालमा भर्ना भए विजय देवरकोन्डा
सारांश
- दक्षिण भारतीय अभिनेता विजय देवरकोन्डा डेंगुका कारण अस्पतालमा भर्ना भएका छन्।
- अभिनेताको उपचार भइरहँदा उनको परिवार अस्पतालमा साथमा छ, र जुलाई २० मा डिस्चार्ज हुने अपेक्षा गरिएको छ।
- ईडीले अवैध सट्टेबाजीको प्रचार गरेको आरोपमा विजय देवरकोन्डासहित २९ जना सेलिब्रेटी विरुद्ध मुद्दा दर्ता गरेको थियो।
नयाँ दिल्ली । दक्षिण भारतीय अभिनेता विजय देवरकोन्डा डेंगुका कारण अस्पतालमा भर्ना गरिएको छ । भारतीय सञ्चार माध्यममा आएका समाचारअनुसार, अस्पतालमा अभिनेताको उपचार भइरहँदा सारा देवरकोन्डा परिवार उनीसँगै छ । उनले जुलाई २० मा डिस्चार्ज पाउने अपेक्षा गरिएको छ ।
इन्स्टाग्राम ह्यान्डल इन्टरटेनमेन्ट एफको एक पोस्टमा विजय देवरकोन्डालाई डेंगु भएको दाबी गरिएको छ, जसका कारण उनी अस्पतालमा भर्ना भएको भनिएको छ । तर यस विषयमा विजय वा उनको टिमले अहिलेसम्म कुनै बयान दिएको छैन ।
ईडीले जुलाई १० मा दक्षिण भारतीय अभिनेताहरू विजय देवरकोन्डा, राणा दग्गुबती र प्रकाश राज समेत २९ जना सेलिब्रेटीहरू विरुद्ध मुद्दा दर्ता गरेको थियो । यसमा उनीहरूले अवैध सट्टेबाजको प्रचार प्रसारलाई बढावा दिएको आरोप लगाइएको थियो । हैदराबाद प्रहरीले दर्ता गरेको एफआईआरको आधारमा यो कारबाही गरिएको थियो ।
हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार, ३२ वर्षीय व्यापारी पीएम फणीन्द्र शर्माको उजुरीमा मार्चमा हैदराबादको मियापुर प्रहरी स्टेशनमा एफआईआर दर्ता गरिएको थियो । सेलिब्रेटी र प्रभावशाली व्यक्तिहरूले अवैध सट्टेबाजी एपहरूको प्रचार गरिरहेको र यसले सार्वजनिक जुवा ऐन १८६७ को उल्लङ्घन भइरहेको उजुरीमा भनिएको थियो ।
किंगडममा देखिँदैछन् विजय
विजय देवरकोन्डा चाँडै नै किंगडम फिल्ममा देखिनेछन् । यो फिल्म जुलाई ३१ मा रिलिज हुँदै छ । फिल्मको टिजरमा अभिनेताको दमदार अवतार देखिएको थियो । टिजरमा अभिनेताको लुकको दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्डानाले पनि प्रशंसा गरेकी थिइन् । विजय बाहेक यस फिल्ममा भाग्यश्री बोर्से र सत्यदेव पनि मुख्य भूमिकामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण