ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई न्युयोर्कमा ‘ग्लोबल हिरो अवार्ड’ प्रदान गरिने
शुक्रबार, ०२ साउन २०८२, १३ : ०९
१
सारांश
- यस वर्षको ग्लोबल हिरो अवार्ड राप्रपाका नेता ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई प्रदान गरिने भएको छ।
- यो अवार्ड जुलाई २७ मा न्युयोर्कमा हुने एक समारोहमा ग्लोबल नेपालीद्वारा प्रदान गरिनेछ।
- ग्लोबल नेपालीले हरेक वर्ष उत्कृष्ट योगदान गर्ने नेपाली व्यक्तित्वलाई यो अवार्ड दिने गर्दछ।
काठमाडौँ । यस वर्षको प्रतिष्ठित ग्लोबल हिरो अवार्ड राप्रपाका नेता ज्ञानेन्द्र शाही र नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्रदान गरिने भएको छ।
यो अवार्ड आगामी जुलाई २७ मा संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहरमा ग्लोबल नेपालीद्वारा आयोजित एक समारोहमा प्रदान गरिनेछ। ग्लोबल नेपालीले हरेक वर्ष नेपालमा आआफ्नो क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गर्दै यो अवार्ड प्रदान गर्दै आएको छ।
न्युयोर्कमा आयोजना हुने यो कार्यक्रममा नेपाली डायस्पोराका साथै विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहने आयोजकको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण