समाज डेन्टलद्वारा गरिब तथा विपन्न नागरिकका लागि १ करोड बराबरको उपचार कोषको घोषणा
सारांश
- समाज डेन्टल अस्पतालले गरिब तथा विपन्न नागरिकका लागि १ करोड रुपैयाँ बराबरको उपचार कोषको घोषणा गरेको छ।
- अस्पतालले हाल काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रे गरी १० स्थानबाट सेवा दिइरहेको छ, र देशैभर सेवा विस्तार गर्ने लक्ष्य लिएको छ।
- स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मेडिकल टुरिजमको प्रवर्द्धनका लागि दन्त उपचार क्षेत्रको विस्तार आवश्यक रहेको बताए।
काठमाडौं । समाज डेन्टल अस्पतालले गरिब तथा विपन्न नागरिकका लागि १ करोड रुपैयाँ बराबरको उपचार कोषको घोषणा गरेको छ। अस्पतालको २५औँ वार्षिकोत्सवको अवसरमा सो कोषको घोषणा गरिएको हो।
समाज डेन्टल अस्पतालका प्रबन्ध निर्देशक शंकु घिमिरेका अनुसार, गुणस्तरीय दन्त स्वास्थ्य सेवामा सबैको पहुँच होस् भन्ने उद्देश्यसहित स्थापना गरिएको संस्थाले विभिन्न आरोह–अवरोह पार गर्दै विशिष्टिकृत स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।
विसं २०५८ साउन १ गते स्थापना भएको समाज डेन्टलले हाल काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रे गरी १० स्थानबाट सेवा दिइरहेको छ। आगामी दिनमा देशका ७७ वटै जिल्लामा सेवा विस्तार गर्ने लक्ष्य लिएको अस्पतालले हालै १ करोड रुपैयाँ बराबरको उपचार कोष स्थापना गरेको घोषणा गरेको छ। उक्त कोषबाट गरिब तथा विपन्न नागरिकको दन्त उपचारमा सहयोग गरिने घिमिरेले जानकारी दिए ।
वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले 'मेडिकल टुरिजम' को प्रवर्द्धनका लागि दन्त उपचार क्षेत्रको विस्तार र व्यवस्थापन आवश्यक रहेको बताए ।
सोही कार्यक्रममा नेपाली कांग्रेसका प्रमुख सचेतक तथा अस्पतालका संस्थापक श्यामकुमार घिमिरेले समाज डेन्टल अस्पतालको सेवा देशभर विस्तार गर्ने योजना रहेको उल्लेख गरे । जनचेतना अभिवृद्धि, दन्त स्वास्थ्यमा सबैको पहुँच र आवश्यक जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित अस्पताल स्थापना गरिएको उनले जानकारी दिए ।
हाल समाज डेन्टलले देशका १० स्थानबाट सेवा दिइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण