पोखरा विश्वविद्यालय २९ औँ वर्ष प्रवेशका अवसरमा दीर्घसेवा सम्मान
सारांश
- पोखरा विश्वविद्यालयले २५ वर्षभन्दा बढी सेवा गरेका शिक्षक र कर्मचारीलाई दीर्घसेवा सम्मान प्रदान गर्यो।
- विश्वविद्यालयले आफ्नो स्थापना दिवसमा विभिन्न कार्यक्रम गर्दै उच्च शिक्षाको महत्वबारे जोड दियो।
- उपकुलपतिले विश्वविद्यालय उच्च शिक्षाको महत्वपूर्ण संस्था भएको र आगामी योजनाहरू प्रभावकारी हुने बताए।
पोखरा । पोखरा विश्वविद्यालय २९ औँ वर्षमा प्रवेश गरेका अवसरमा विश्वविद्यालयमा २५ वर्षभन्दा बढी सेवा गरेका शिक्षक तथा कर्मचारीलाई दीर्घसेवाबाट सम्मानित गरिएको छ । विश्वविद्यालयले रजिष्ट्रार सह–प्राडा अजय थापा, सह–प्रशासक गोवर्धन भट्टराई, उप–प्रशासक सीतादेवी ढकाल, मुख्य सहायकहरू विमल कार्की र पुरूषोत्तम रानाभाट, सवारी चालक झगबहादुर कमर तथा कार्यालय सहयोगी दुर्गा रेग्मी र जोगिराम नेपालीलाई दीर्घसेवा सम्मानबाट सम्मानित गरेको हो ।
पोखरा विश्वविद्यालय ऐन, २०५३ अनुसार २०५४ साल साउन १ गते स्थापित विश्वविद्यालयले आफ्नो स्थापना दिवसका अवसर पारी प्रत्येक वर्ष विभिन्न कार्यक्रमका साथ मनाउँदै आएकामा यस वर्ष दीर्घसेवा पदक सम्मान कार्यक्रमसहित विश्वविद्यालय परिसरमा वृक्षरोपण गरिएको छ ।
कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्राडा वेदराज केसीले विश्वविद्यालय उच्च शिक्षाको एक महत्वपूर्ण संस्थाका रूपमा स्थापित भइसकेको बताए । विश्वविद्यालयको हालको उचाइमा पुग्न योगदान दिने पूर्वपदाधिकारी, समाजसेवी, शिक्षासेवीप्रति आभार प्रकट गर्दै उनले २५ औँ विश्वविद्यालय सभामार्फत अघि सारिएका नीति तथा कार्यक्रम अझ प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
पोखरा विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.तीर्थराज अर्यालले आयोगले विश्वविद्यालयको मार्गनिर्देशानुसार कार्य गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि लक्ष्य र योजनासँग समन्वय गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । रजिष्ट्रार सह–प्राडा अजय थापाले पोखरा विश्वविद्यालयसँगै आफू हुर्किएको अनुभव सुनाउँदै २५ वर्ष निरन्तर सेवामा रहन पाउँदा गर्व महसुस भएको बताए ।
सुरुमा स्नातकोत्तर तहमा १२–१५ जना र स्नातक तहमा २८ जना विद्यार्थी तथा आठ–१० जना कर्मचारीबाट सुरु भएको विश्वविद्यालय हाल ६५ कलेजमार्फत ३५ हजारभन्दा बढी विद्यार्थीलाई उच्च शिक्षाको अवसर प्रदान गरिरहेको उल्लेख गर्दै उनले यस सफलताको श्रेय सम्पूर्ण संस्थापक, पदाधिकारी, शिक्षक, कर्मचारी र विद्यार्थीलाई जाने धारणा राखे ।
कार्यक्रममा पूर्वरजिष्ट्रार प्राडा दीपकबहादुर भण्डारी, व्यवस्थापन सङ्कायका डिन सह–प्राडा दयाराज ढकाल, प्राध्यापक सङ्घका सभापति सह–प्राडा निरञ्जन श्रेष्ठ, स्कूल अफ बिजनेसका निर्देशक सह–प्राडा श्रृजन ज्ञवालीलगायतले सबैको साथ र सहयोगमा विश्वविद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्रका रुपमा विकास गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण