बर्खास्तीपछि गिरीको चुनौती : हतोत्साहित छैन, अन्यायविरूद्ध लडिरहन्छु
सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा आन्तरिक विवाद चुलिँदै जाँदा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई पदबाट बर्खास्त गरेका छन् ।
शुक्रबार अध्यक्ष लिङ्देनले गिरीलाई उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीबाट हटाउने निर्णय गरेका हुन् ।
पार्टीले गिरीमाथि ‘पार्टी हितविपरित गतिविधि गरेको’ आरोप लगाएको छ । तर, बर्खास्तीमा परेका गिरीले उक्त निर्णयलाई ‘विधान विपरीत’ र आफ्नो राजनीतिक जीवनमाथिको खेलबाडको संज्ञा दिएका छन् ।
बर्खास्तीको निर्णय सार्वजनिक भएपछि गिरीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा व्यक्त गरेका छन् । उनले आफू दुःखी भए पनि हतोत्साहित नभएको र पार्टीको एक सिपाहीको रूपमा आफ्नो जिम्मेवारी थप मजबुत भएको बताएका छन् ।
आफ्नो लामो राजनीतिक यात्राको स्मरण गर्दै उनले लेखेका छन्, ‘राप्रपाको स्थापनाकै दिन ०४७ जेष्ठ १५ गतेदेखि आफ्नो जीवनको सम्पूर्ण उर्जाशील समय केवल पार्टीकै हितमा काम गरेर आएको छु । ०४३ सालमा प्रधानपञ्च र सुर्खेतको वीरेन्द्र नगरपालिकाको मेयर समेत रहेर जनताको सेवा गरेको थिएँ ।’
उनले पार्टीभित्रको गतिविधिलाई वैधानिक तवरले समाधान गर्न खोज्दा यस्तो निर्णय भोग्नुपरेकोमा दुःख व्यक्त गरेका छन् । ‘पार्टी भित्रको गतिविधिको वैधानिक समाधानका लागि गरिएको अपिललाई लिएर मेरो राजनैतिक जीवन माथि नै खेलबाड गर्ने र मैले पार्टीका लागि लगानी गरेको सम्पूर्ण योगदान, त्याग र तपस्या प्रति पार्टी नेतृत्वले लिएको विधान विपरीतको निर्णयबाट दुःखी त बनाएको छ,’ उनले भने, ‘तर, म हतोत्साहित भएको छैन ।’
गिरीले आफू राप्रपाको सुदृढीकरण र उद्देश्य पूर्तिका लागि सदैव देशभरका कार्यकर्ताको साथमा रहने प्रतिबद्धता जनाएका छन् । उनले पार्टी नेतृत्वको कदमलाई अन्यायपूर्ण भन्दै अन्य नेता–कार्यकर्तालाई यस्तो अन्याय नसहन समेत अपिल गरेका छन् । उनले अगाडी भने, ‘यस प्रकारको अन्याय अन्य साथीहरूलाई नपरोस् भन्नेतर्फ म सजग छु । पार्टी नेतृत्वको अन्यायको पक्षमा रहने कि नरहने सबै साथीहरूको जिम्मामा छ ।’
उनले आफ्नो भनाइको अन्त्यमा ‘राप्रपा जिन्दावाद, जय राष्ट्रवाद’ लेख्दै पार्टीप्रतिको आफ्नो निष्ठा कायमै रहेको सङ्केत दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण