बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
चट्याङ

भारतमा चट्याङका कारण ३३ जनाको मृत्यु

शनिबार, ०३ साउन २०८२, ०० : २३
शनिबार, ०३ साउन २०८२

सारांश

  • मनसुनी आँधीका क्रममा चट्याङ पर्दा भारतको बिहारमा ३३ जनाको मृत्यु भएको छ।
  • चट्याङबाट प्रभावित हुनेहरूमा अधिकांश किसान र मजदुरहरू थिए।
  • पटना सरकारले मृतकका परिवारलाई ४० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ।

पटना। पूर्वी भारतमा मनसुनी आँधीका क्रममा चट्याङ्ग पर्दा कम्तीमा ३३ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको अधिकारीहरूले शुक्रबार बताएका छन् । 

बिहारमा बुधवार र बिहीबार आएको भीषण आँधीका क्रममा यस्तो घटना घटेको भारतको विपद् व्यवस्थापन विभागले विज्ञप्तिमार्फत जानकारी गराएको छ । विभागका अनुसार खुला ठाउँमा काम गरिरहेका प्रायः किसान र मजदुरहरू चट्याङका कारण प्रभावित भएका छन् ।

पटनाका केही भागहरूमा अझै भारी वर्षा र चट्याङको पूर्वानुमान गरिएको छ ।

बिहार राज्यका विपद् व्यवस्थापन मन्त्री विजय कुमार मण्डललाई उद्धृत गर्दै एएफपीले  सम्बन्धित जिल्ला अधिकारीलाई चट्याङको चेतावनीपछि सावधानी अपनाउन सूचना जारी गर्न निर्देशन दिइएको जनाएको छ ।  

पटना सरकारले चट्याङ्गबाट ज्यान गुमाउनेहरूका परिवारलाई ४० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ ।

पटना सरकारका अनुसार सन् २०२३ मा २७५ र सन् २०२४ मा कम्तीमा २४३  जनाको चट्याङका कारण मृत्यु भएको थियो ।

बिहारसहित भारतको पूर्वी क्षेत्र वार्षिक बाढीको जोखिममा छ जहाँ मनसुनको समयमा कयौँको ज्यान जानुका साथै लाखौँ मानिस विस्थापित हुने गरेको जनाइएको छ  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप