भारत–पाकिस्तान तनावबारे ट्रम्पको दाबी : ‘पाँच जेट खसे, मैले युद्ध रोकेँ’
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले फेरि भारत र पाकिस्तानबीचको युद्ध रोकेको दाबी गरेका छन्।
- ट्रम्पले भारत-पाकिस्तानको भिडन्तमा ५ वटा जेट खसेको बताए, तर कुन देशको हो खुलाएनन्।
- ट्रम्पले व्यापारिक लाभलाई कूटनीतिक दबाबको हतियारका रूपमा प्रयोग गरेको बताए।
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक पटक फेरि भारत र पाकिस्तानबिचको युद्ध रोकाएको दाबी गरेका छन्। उनले हालै ह्वाइट हाउसमा रिपब्लिकन सांसदहरूसँगको डिनरका क्रममा भने, ‘मलाई लाग्छ, भारत–पाकिस्तानको भिडन्तमा साँच्चिकै पाँचवटा जेट खसेका थिए।’ तर उनले यी विमान कुन देशका थिए भनेर स्पष्ट गरेनन्।
ट्रम्प यसअघि पनि पटकपटक भारत–पाकिस्तानबिच युद्धविराम गराएको दाबी गरिसकेका छन्। पहिलो पटक उनले गत मे १० मा सामाजिक सञ्जालमार्फत यस्तो दाबी गरेका थिए। राष्ट्रपति ट्रम्पले व्यापारिक लाभलाई कूटनीतिक दबाबको हतियारका रूपमा प्रयोग गर्ने रणनीति अपनाएको पनि बताए। ‘जबसम्म तपाईंहरू यो विवाद समाधान गर्नुहुन्न, हामी तपाईंहरूसँग व्यापारको कुरा गर्दैनौँ भनेर मैले भनेको थिएँ। अनि उनीहरूले त्यसपछि कदम चाल्न थाले,’ ट्रम्पले भने।
उनले जुलाई १४ मा नाटो महासचिव मार्क रुटसँगको भेटमा पनि आफूले पहलगाम आतंकी हमलापछि भारत–पाकिस्तानबिचको तनाव बढ्न नदिएको भनेका थिए ।
भारत र पाकिस्तानको आ–आफ्नो दाबी
एएनआई समाचार एजेन्सीले सरकारी स्रोतहरूलाई उद्धृत गर्दै रिपोर्टमा ६ देखि १० मेको बिच भारतले पाकिस्तानको पञ्जाब र पाकिस्तान प्रशासित कश्मीर मा अवस्थित आतंककारी शिविरहरूमा हमला गरेको उल्लेख गरेको छ । यस हमलामा भारतले ‘अप्रेशन सिंदूर’ संचालन गरेको बताइएको छ।
रिपोर्ट अनुसार पाकिस्तानका ६ फाइटर जेट, ३ एयरक्राफ्ट र १०ं ड्रोन तथा क्रुज मिसाइल नष्ट गरिएको थियो। सुदर्शन मिसाइल प्रणालीमार्फत ३०० किलोमिटर टाढा उडिरहेको हाई भ्यालु टार्गेटलाई खसाइएको थियो। राफेल र सुखोई–३० विमानद्वारा पाकिस्तानका हैंगर र ड्रोन केन्द्रहरूमा आक्रमण गरिएको थियो।
यता, पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले संसदमा ५ भारतीय लडाकु विमान खसालेको दाबी गरेका थिए, जसमा ३ राफेल विमानसमेत थिए। पछि पाकिस्तानले यो संख्या ६ विमान पुगेको पनि बताएको थियो। ११ जुलाईमा पाकिस्तानका विदेश मन्त्रालय प्रवक्ता शफकत अली खानले प्रेस ब्रीफिङमा भने, ‘भारतले आफ्ना ६ विमान गुमाएको कुरा स्वीकार गर्नुपर्छ, काल्पनिक कथा बनाउने होइन।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण