कन्सर्टमा विवाहेत्तर सम्बन्धको खुलासा : कम्पनीका सीईओलाई छुट्टीमा पठाइयो
सारांश
- कोल्डप्ले कन्सर्टमा दुई कर्मचारी अंगालो मारेको भिडियो भाइरल भएपछि एस्ट्रोनोमरले अनुसन्धान सुरु गरेको छ।
- भिडियोमा सीईओ एन्डी बायरन र एचआर प्रमुख क्रिस्टिन क्याबोट देखिएपछि बायरनलाई बिदामा पठाइयो।
- कम्पनीले अन्तरिम सीईओमा पिट डेजोयलाई नियुक्त गरेको छ, र घटनापछि सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।
न्युयोर्क । कोल्डप्ले कन्सर्टमा देखाइएको भिडियो भाइरल भएपछि अमेरिकी प्रविधि कम्पनी एस्ट्रोनोमरले आफ्ना दुई कर्मचारीलाई बिदामा पठाएको छ। भाइरल भिडियोमा, कोल्डप्ले कन्सर्टको क्रममा दुवै कर्मचारीहरू ठुलो पर्दामा एकअर्कालाई अँगालो हालेको देखिन्थ्यो। तर, पर्दामा देखा पर्ने बित्तिकै उनीहरूले आफूलाई लुकाउने प्रयास गरे।
कन्सर्टको क्रममा दर्शकसँग अन्तरक्रिया गर्दै मार्टिनले क्यामेराको लेन्स एक जोडीमा केन्द्रित गरे। एक अर्कालाई अङ्कमाल गरिरहेका जोडीलाई देखेर उनले ‘अहो, यी दुईलाई हेर’ भनेका थिए। तर, उनीहरूले हतारमा अनुहार लुकाउन थालेपछि सबै दर्शक आश्चर्यचकित बने।
पछि ती व्यक्ति एस्टोनोमर नामक सफ्टवेयर कम्पनीका सीईओ एन्डी बायरन भएको खुल्यो। उनी आफ्नी पत्नी नभएर कम्पनीकी मानव संसाधन (एचआर) प्रमुख क्रिस्टिन क्याबोटसँग कन्सर्टमा उपस्थित थिए।
क्यामेराले उनीहरूलाई देखाएपछि बायरनले क्याबोटबाट हात हटाएर ब्यारिकेड पछाडि लुक्न खोजेका थिए। यसैबिच क्याबोटले भने आफ्नो अनुहार हातले छोपेकी थिइन् । जिलेट स्टेडियममा उपस्थित सबै दर्शक हाँस्न थालेपछि क्रिस मार्टिनले भने, ‘अहो, के भयो रु कि त उनीहरूको विवाहेत्तर सम्बन्ध छ, कि त उनीहरू निकै लजालु छन्।’
यो भिडियो सामाजिक सञ्जाल प्लेटफर्म टिकटकमा भाइरल भयो र लाखौँ मानिसहरूले हेरे। यो भिडियो भाइरल भएको दुई दिनपछि, एस्ट्रोनोमरले यस विषयमा अनुसन्धान गर्ने घोषणा गरे। यद्यपि, पोस्टमा भाइरल भिडियोको उल्लेख गरिएको थिएन।
शुक्रबार ढिलो, कम्पनीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा सीईओ एन्डी बायरनलाई बिदामा पठाइएको पुष्टि गर्यो । कम्पनीका सह-संस्थापक तथा प्रमुख उत्पादन अधिकृत पिट डेजोयलाई अन्तरिम सीईओ नियुक्त गरिएको छ।
यो घटनापछि सामाजिक सञ्जालमा बायरन र क्याबोटको आलोचना भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण