साइग्रेसको टिप्पणी : ‘रिल्स’ले बिगार्दैछ सम्बन्ध, वर्षौँको माया एक क्लिकमै लथालिङ्ग
सारांश
- साहित्यकार साइग्रेस पोखरेलले इन्स्टाग्रामको रिल्सले सम्बन्धमा नकारात्मक असर पारेको बताए।
- रिल्सले एकअर्कालाई बुझ्न नसक्दा सम्बन्ध बिगार्ने र गलत बुझाइ बढाउने उनको भनाइ छ।
- डिजिटल एल्गोरिदमका कारण एकल दृष्टिकोण बढ्दा सम्बन्धमा भावनात्मक दूरी बढ्न सक्ने विश्लेषण छ।
काठमाडौँ। सामाजिक सञ्जाल विशेषगरी इन्स्टाग्रामको ‘रिल्स’ फिचरले अहिलेको पुस्तामा व्यक्तिगत सम्बन्धमा गम्भीर असर पारिरहेको साहित्यकार तथा स्टोरीटेलर साइग्रेस पोखरेलले बताएका छन्।
फेसबुकमा पोखरेल लेख्छन्-‘इन्सटाग्रामको रिल्स ले धेरैको सम्बन्ध बिगार्दैछ। दुई मध्ये एक रिसाउँदा वा चित्त दुख्दा ठ्याक्कै आफैँलाई मिलेको जस्तो रिल्स आँखा अगाडि आईदिन्छ र आफू नै सही, पार्टनर गलत झै बनाईदिन्छ। ‘तेरो कुरा नै नबुझ्ने त्यो मान्छे टक्सिक हो, ‘तँले किन सहनुपर्यो ? निकाल्दे त्यसलाई जिन्दगीबाट’ आदि इत्यादि ज्ञान दिए जस्तो लाग्छ अनि उ त्यहि बमोजिम सोच्न रगर्न थाल्छ।’
उनको भनाइमा अर्कोतर्फ सम्बन्धको दोस्रो पक्ष अर्थात पार्टनरको मोबाइलमा पनि उस्तै खालका रिल्सहरू फिडमा देखिन थाल्छन्, जसले भन्छ, ‘उ त्यो मान्छे नै खराब हो, तैले जति गरे पनि बुझ्दैन, अब फर्केर नजा !’ अनि बन्द हुन थाल्छ बोलचाल।
पोखरेल यहीं प्रश्न उठाउँछन्, ‘अरे बाबा ! वर्षौँको सम्बन्ध एउटा रिल्सले लथालिङ्ग पार्छ भने कस्तो बलियो बनेको रहेछ त सम्बन्ध ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण