एमाले बैठकमा उमेर हद र अध्यक्षको कार्यकालबारे छलफल
काठमाडौँ । नेकपा (एमाले) को पोलिटब्युरो तथा स्थायी समिति बैठकमा पार्टी नेताको उमेर हद र पार्टी अध्यक्षको कार्यकालका बारेमा छलफल भइरहेको बताइएको छ । पार्टीका स्थायी कमिटी सदस्य एवं प्रचार फाँटका इन्चार्ज राजेन्द्र गौतमले पार्टी कार्यालयमा जारी बैठकमा ७० वर्षको उमेर हद राख्ने कि नराख्ने भन्ने विषयमा नेताहरूले आ–आफ्नो धारणा राखिरहेको बताए ।
त्यस्तै पार्टी अध्यक्ष दुई कार्यकाल रहन पाउने कि नपाउने विषयमा पनि नेताहरूले आ–आफ्ना धारणा व्यक्त गरिरहेको गौतमले बताए । बाहिर सबैभन्दा बढी चर्चामा रहेको पूर्वराष्ट्रपति विद्या भण्डारी राजनीतिमा फर्किने विषयमा पनि नेताहरूले धारणा राखिरहेको उनले उनले बताए ।
जिल्ला समितिलाई समन्वय बनाउने तथा प्रदेश कमिटी र स्थानीय कमिटीलाई कार्यकारी बनाउने जस्ता कुरामा पनि नेताहरूले आ–आफ्ना धारणा राखिरहेको बताउँदै इन्चार्ज गौतमले विधानका अन्य विषयमा पनि नेताहरूले सुझाव दिइरहेको बताए ।
बैठकमा जगत विक, कमल चौलागाईं, ईश्वरबहादुर रिजाल, जितु गौतम, विनोद श्रेष्ठ, सुमन प्याकुरेल, भैरवसुन्दर श्रेष्ठ, रामदयाल मण्डल, दलबहादुर राणा, गोकुल घर्तीमगरसहित ३२ जनाले आफ्नो धारणा राखेका छन् भने ४० जना अझै बोल्न बाँकी रहेको उनले बताए ।
एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक आजै सकाउने भनी रुलिङ गरेको समेत उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण