दुबईमा ‘गोर्खा साँझ’ हुँदै, कुमा सागरसहित डेढ दर्जन कलाकारको प्रस्तुति
सारांश
- दुबईमा ‘गोर्खा साँझ’ नामक सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ, जसमा कुमा सागरले नेतृत्व गर्नेछन्।
- कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईका उपाध्यक्ष भीम मल्ल ठकुरीको संयोजन रहनेछ र यसले नेपाली समुदायको एकता झल्काउनेछ।
- कार्यक्रममा कुमा सागर र ख्वप ब्यान्ड, ममता राणा, मोहन खड्का लगायतका कलाकारहरूको प्रस्तुति रहनेछ।
दुबई । यूएईको दुबईस्थित अल नासर क्लबमा आइतबार दिउँसो १ बजेदेखि बेलुकी ८ बजेसम्म भव्य सांगीतिक कार्यक्रम ‘गोर्खा साँझ’ आयोजना हुने भएको छ। कार्यक्रमको नेतृत्व चर्चित गायक कुमा सागरले गर्दैछन्।
उक्त कार्यक्रम गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईका उपाध्यक्ष भीम मल्ल ठकुरीको संयोजनमा हुन लागेको हो। ठकुरीले यस कार्यक्रमलाई नेपाली प्रवासी समुदायको भावना, पहिचान र एकताको उत्सवको रूपमा प्रस्तुत गर्दै, नेपाली संगीतका हस्तीहरूलाई एउटै मञ्चमा प्रस्तुत गर्ने प्रयास रहेको बताए।
मौलिक नेपाली संगीतमा विशेष स्थान बनाएको कुमा सागर र ख्वप ब्यान्ड एउटै मञ्चमा देखिन गइरहेका छन्। ख्वप ब्यान्डमा रहेका कलाकारहरूमा शरद देउला, सिद्धि सागर प्रजापति, रोशन बज्राचार्य, सुमन गैडा, प्रबिन लाखु, रोशिक जाधरी, अमन माली, बीके प्रजापति, रोज महर्जन र रामसुन्दर धुसु छन्।
नेपालबाट आएका ममता राणा र मोहन खड्काको पनि विशेष प्रस्तुति रहनेछ भने दुबईमै सक्रिय नेपाली कलाकारहरू सुमन गैडा, प्रदीप गुरुङ, समीर स्याङ्बो, युवराज थापा, सागर तामाङ, आशीष अवाले लगायतले आफ्नो कला प्रस्तुत गर्नेछन्।
करिब ४ हजार दर्शकलाई लक्षित गरेर कार्यक्रम आयोजना गरिएको छ। माउन्ट एभरेस्ट सुपरमार्केट कार्यक्रमको मुख्य प्रायोजक रहेको छ भने विभिन्न संघ–संस्थाको सहयोग पनि उल्लेखनीय रहेको संयोजक ठकुरीले जानकारी दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण