काठमाडौँ विश्वविद्यालयले गर्यो बार एसोसिएसनसँग अन्तरक्रिया
सारांश
- काठमाडौँ विश्वविद्यालयमा कानुनी शिक्षाको सम्भावना र चुनौतीबारे छलफल कार्यक्रम आयोजना गरियो।
- वरिष्ठ अधिवक्ताहरूले न्याय प्रणाली सुधार र नयाँ पुस्ताको नेतृत्वको आवश्यकतामा जोड दिए।
- कार्यक्रममा बार एसोसिएसन र शैक्षिक क्षेत्रबीचको समन्वय र कानुनी शिक्षाको प्रगतिबारे छलफल भयो।
काभ्रेपलान्चोक । काठमाडौँ विश्वविद्यालय 'स्कुल अफ ल'को विद्यार्थी कल्याण परिषद्ले ‘कानुनी शिक्षाको सम्भावना र चुनौती, नेपाल बार एसोसिएसनको भूमिका, तथा नवोदित अधिवक्ता र कानुनका विद्यार्थीहरूका अवसर र चुनौती’ विषयमा विशेष छलफल कार्यक्रम आयोजना गरेको छ।
शुक्रबार विश्वविद्यालयको सी.भी. रमण हलमा आयोजित कार्यक्रममा नेपाल बार एसोसिएसनका निवर्तमान अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे, उपाध्यक्ष अधिवक्ता अजय शङ्कर झा, महासचिव वरिष्ठ अधिवक्ता केदार कोइराला, र स्कुल अफ ल का निवर्तमान डिन तथा पूर्व न्यायाधीश डा. ऋषिकेश वाग्ले वक्ताको रूपमा सहभागी थिए ।
निवर्तमान अध्यक्ष घिमिरेले नेपालको न्याय प्रणालीमा सुधारको खाँचो औँल्याउँदै कानुनका विद्यार्थी तथा नवोदित अधिवक्ताहरूले परिवर्तनका लागि नेतृत्व लिनुपर्नेमा जोड दिए। उनले सही आचरण र निष्ठाको अभ्यासबाट मात्र असल न्याय प्रणाली निर्माण गर्न सकिने भन्दै, गलत नियत भएका व्यक्तिहरूलाई बाहिर निकाल्ने सामर्थ्य नयाँ पुस्तामा हुनुपर्ने विचार व्यक्त गरे।
उपाध्यक्ष अजय शङ्कर झाले आफ्नो अनुभव सुनाउँदै अहिलेको कानुनी शिक्षाले अध्ययन, अनुसन्धान, र व्यावसायिक विकासका विभिन्न अवसरहरू प्रदान गरिरहेको उल्लेख गरे।
महासचिव केदार कोइरालाले अदालतका फाइल वा मिसिल बोकेर मात्र ‘कानुन व्यवसायी’ मान्ने परम्परा अब समाप्त हुँदै गएको चर्चा गर्दै कानुनी पेसाको दायरा व्यापक बन्दै गएको धारणा राखे। स्कुल अफ लका निवर्तमान डिन डा. ऋषिकेश वाग्लेले बार एशोसिएसन र शैक्षिक क्षेत्रबिच अझै पनि समन्वयको अभाव रहेको औँल्याउँदै, न्याय प्रणालीमा पुरानै जनशक्तिको प्रभाव रहँदा नयाँ सोच र नेतृत्वलाई अवरोध भइरहेको तर्क गरे।
कार्यक्रममा स्कुल अफ लका नवनियुक्त डिन डा. शिवकुमार गिरीले नेपालमा कानुनी शिक्षाले उल्लेख्य प्रगति गरेको बताउँदै, समयानुकूल कानुनका विद्यार्थीहरू तयार पार्ने कार्यमा काठमाडौँ विश्वविद्यालय अगाडि रहेको बताए।
छलफल कार्यक्रमबारे जानकारी दिँदै स्कुल अफ लका सन्तोष केसीले बार एशोसिएसन तथा शैक्षिक क्षेत्रबिच सहकार्य सुदृढ गर्न यस्ता कार्यक्रमहरू महत्त्वपूर्ण हुने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
-
भीरबाट लडेर किशोरको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण