आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : एमालेमा ओलीलाई सजिलो बनाउने प्रस्ताव, कांग्रेसमा शेखरको तरङ्ग

शनिबार, ०३ साउन २०८२, २२ : ००
शनिबार, ०३ साउन २०८२

काठमाडौँ । आज मिति २०८२ साल साउन महिनाको ३ गते शनिबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १० बजे १० समाचार लिएर उपस्थित भएका छौँ–

  • पोलिटब्युरो बैठक

नेकपा एमालेले यसअघि विधानमा रहेको ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पारित गरेको छ । शुक्रबार सुरु भएको पोलिटब्युरो बैठकले ७० वर्षे उमेर हद र विधानमा रहेको नेतृत्वमा २ कार्यकाल भन्ने व्यवस्था संशोधनसम्बन्धी प्रस्ताव पारित गरेको हो । 

  • शेखरको चर्चा

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री राजन केसीले कांग्रेस–एमालेको वर्तमान सत्ता गठबन्धन कुनै पनि हालतमा नटुट्ने दाबी गरेका छन् । उनले शेखर कोइराला पार्टीको संसदीय दलको नेता बन्न नसक्ने पनि ठोकुवा गरे । 

  • स्वास्थ्य

प्रोटिन पनि हाम्रो शरीरका लागि एक अत्यावश्यक पोषक तत्त्व हो। यसको महत्त्व, स्रोत, र सेवनमा ध्यान दिनुपर्ने कुराहरूका बारेमा बीएन्डबी अस्पतालकी डाइटिसियन अंशु बज्राचार्यसँग कुराकानी गरेका छौँ।

 मानसिक रूपमा परिवारका सदस्य र श्रीमान्ले गर्भवतीलाई कसरी सहयोग गर्न सक्छन् ? यही विषयमा हामीले प्रसूति गृहका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. श्रीप्रसाद अधिकारीसँग कुराकानी गरेका छन् ।

  • कोशीमा विचित्र विकास

झापाका निर्माण व्यवसायी कुमार उप्रेतीले पूर्वाधार विकास कार्यालय झापाबाट काम गरेको ५५ लाख रुपैयाँ पाउन बाँकी छ । उनले आफूले नियमानुसार ठेक्का लिएर काम गरिसकेको भएपनि भुक्तानी नपाएको गुनासो गरे । विभिन्न ४ वटा काम गरेको उनले बताए । 

  • साफ यू–२० महिला च्याम्पियनसिप

बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालले शनिबार नेपालले भुटानमाथि गोल वर्षा गरेको छ । ढाकास्थित बसुन्धरा स्पोर्टस् ग्राउन्डमा जारी खेलमा नेपालले ८-० गोलले जित हात पारेको हो ।

  • जसपा नेपालको ‘ब्रेकअप’

 सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै जसपा नेपालले एक हिसाबले ठुलासँगको नाता तोडेको देखिएको छ । नेपाली कांग्रेस– नेकपा एमाले मिली बनेको वर्तमान सत्ता गठबन्धनको सरकारलाई साथ दिएको जसपा नेपाल सरकारमा सहभागी नभए पनि सत्तापक्षकै कित्तामा थियो । तर बिहीबारबाट जसपा नेपालले त्यो ठाउँ पनि छाड्यो । 

  • प्रथम नेपाली महिला

‘प्रथम नेपाली महिला’ शृङ्खलाको ३० औँ एपिसोड सुनिता मलेकु (सानोमैयाँ) का सम्बन्धमा छ । उनी काठमाडौँ खिचापोखरीमा चर्खा प्रचारक महागुठी अन्तर्गत ‘नेपालको पहिलो सिलाइ प्रशिक्षण केन्द्र’ की ‘प्रथम प्रशिक्षिका’ हुन् । 

  • पहिलो प्रस्रव

साहित्यकार अपर्णा प्रधानको जीवन र साहित्यिक यात्राको बारेमा लेखिएको लेखमा उनको स्वास्थ्य अवस्था, संघर्ष र साहित्यिक योगदानको चर्चा गरिएको छ। लेखमा अपर्णाका छोराहरूले गरेको हेरचाह र श्रीमान्को साथको प्रशंसा गरिएको छ, साथै उनको पुस्तक 'पुनर्जन्म'बारे जानकारी दिइएको छ।

  • शनिबार विशेष

रातोपाटीको शनिबार विशेष सामग्रीहरु :

  • फोटोफिचर

यो पनि

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप