अहिले नै शेखर कोइराला दलको नेता बन्ने सम्भावना देख्दिनँ, सङ्ख्या छ भने प्रयोग गरे भयो : राजन केसी
सारांश
- कांग्रेस नेता राजन केसीले कांग्रेस-एमाले गठबन्धन नटुट्ने दाबी गरे।
- उनले शेखर कोइराला संसदीय दलको नेता बन्न नसक्ने ठोकुवा गरे।
- केसीले मुलुकको संकट रोजगारी सिर्जना गर्न नसक्नु भएको बताए।
काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री राजन केसीले कांग्रेस–एमालेको वर्तमान सत्ता गठबन्धन कुनै पनि हालतमा नटुट्ने दाबी गरेका छन् । उनले शेखर कोइराला पार्टीको संसदीय दलको नेता बन्न नसक्ने पनि ठोकुवा गरे ।
उनले भने,‘हाम्रो दलको विधानले प्रधानमन्त्री हुनको लागि संसदीय दलको नेता हुनुपर्छ भनेको छ। पार्टीमा त जो पनि दलको नेतामा आउन सक्छ । दलको नेता बन्न अहिले उहाँ (शेखर) को सम्भावना देख्दिनँ । सङ्ख्या छ भने प्रयोग गर्नुपर्छ ।’
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले पार्टीभित्रको विवाद र बहस स्वाभाविक भएको भन्दै यही विवादको कारण पार्टी विभाजन नहुने दाबी गरे । उनले भने, ‘यो पार्टी विभाजन भन्ने कुरा बाहिरी हल्ला हो । हामीले विभाजन देखिसक्यौँ । जहाँसम्म विचारको कुरा छ, छलफल हुन्छ । सरकार परिवर्तन हुँदैन । गठबन्धन परिवर्तन हुँदैन ।’
उनले नेपालमा कांग्रेस र एमालेजस्ता दुई ठुला दल मिलेर सरकार बनाइएको भन्दै यो संसारमै भएको विरलै प्रयोग भएको बताए ।
उनले पार्टीभित्र भएको अनुशासनको कारबाही पनि अहिले अन्तिम नभएकोले यसमा चित्त नबुझे पुनरवलोकनमा जान सकिने सुझाए । उनले मुलुकको खास सङ्कट भनेको रोजगारी सिर्जना गर्न नसक्नु भएको उल्लेख गर्दै अहिलेको सरकारले यसतर्फ ध्यान दिनुपर्ने बताए । उनले भने,‘यो मुलुकको सङ्कट भनेको रोजगारी नहुनु हो । देशमा समृद्धि कसरी आउँछ भनेर यो विषयमा विकासविद् र प्रशासनविद्सँग छलफल गर्नुपर्छ । मुलुकको स्रोत र साधनलाई ठिक ढङ्गले परिचालन गर्न सकियो भने समृद्धि ल्याउन सकिन्छ । यो मुलुक अथाह सम्भावनाले भरिएको छ। जलस्रोत, पर्यटन, कृषि, हाम्रो जनशक्ति यी सबै देशको अथाह सम्भावना हुन् । यो व्यवस्थाभन्दा उच्च अर्को व्यवस्था हुन सक्दैन । बरु, यसलाई करेक्सन गर्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण