शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

शेरबहादुर तामाङको दाबी : बैठकमा नेताहरूबिच भनाभन भएको छैन

शनिबार, ०३ साउन २०८२, १७ : ०४
शनिबार, ०३ साउन २०८२

सारांश

  • एमाले नेता शेरबहादुर तामाङले पार्टीमा आफ्ना धारणा राख्न कुनै बन्देज नरहेको बताए।
  • उनले पार्टीभित्रको आलोचना र कारबाहीबारे प्रस्ट पार्दै आत्मालोचनापछि नेताहरू पार्टीमा फर्किएको जानकारी दिए।
  • बैठकमा वाक स्वतन्त्रता र दृष्टिकोण राख्ने विषयमा कुनै बन्देज नरहेको तामाङले दाबी गरे।

काठमाडौँ । नेकपा एमालेका नेता शेरबहादुर तामाङले पार्टीमा आफ्ना धारणा राख्न कुनै बन्देज नरहेको बताएका छन् ।

शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी पोलिटब्युरो बैठकका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै तामाङले बैठकमा नेताहरूले आफ्नो दृष्टिकोण भरपुर रूपमा स्वतन्त्र भएर राख्नुभएको दाबी गरेका हुन् । 

पार्टीमा रहेर पनि पार्टीलाई आलोचना गर्ने, निरन्तर पार्टीको आलोचना गर्ने कारणले केही नेताहरूलाई कारबाही गरे पनि आत्मालोचनापछि पार्टीमा फर्किसकेको बताए । बैठकमा कुनै सदस्यहरूको बिचमा कुनै भनाभन नभएको पनि दाबी गरे । 

उनले भने, ‘विगतका कतिपय एक दुई वटा घटनाहरूमा पार्टीमा रहेर पनि पार्टीलाई आलोचना गर्ने, निरन्तर पार्टीको आलोचना गर्ने कारणले केही साथीहरू पार्टी भन्दा बाहिर रहनु पनि भयो । केही साथीहरू आत्मालोचना गरिसकेपछि पार्टीले पुनः स्वीकार गरिसकेको छ । अमुक केही घटनाहरूलाई लिएर एमालेभित्र अब वाक स्वतन्त्रता, पार्टीमा दृष्टिकोण राख्ने कुरैमा बन्देज छ भन्ने कुरा बाहिर जुन चर्चा भएको छ, त्यो सत्यता होइन । एमालेको बैठकमा कुनै सदस्यहरूको बिचमा कुनै भनाभन भएको छैन । हामी सौहार्दपूर्ण रूपमा दृष्टिकोण राखिरहेका छौँ । उपाध्यक्ष तीन मात्रै रहने प्रस्ताव छ, वरिष्ठ उपाध्यक्ष रहने प्रस्ताव छैन ।’

नेता तामाङले उमेर हद क्रियाशीलतामा आधारित हुने भएकाले उमेर पुग्नसाथ उसको क्रियाशील कम हुने भन्ने नरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप