सिरहा कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी
सारांश
- सिरहा कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिँदा व्यवस्थापनमा चुनौती थपिएको छ, जसमा ४५८ जना कैदीबन्दी रहेका छन्।
- अत्यधिक चाप र गर्मीका कारण कैदीहरू सुत्नसमेत पालो मिलाएर बस्न बाध्य छन्, र अवैध गतिविधि हुने गुनासो बढेको छ।
- कारागार प्रमुखका अनुसार, ५४ वर्ष पुरानो भवन जीर्ण छ, र अनुगमनका क्रममा कैदीबन्दीले पंखा र कुलरको माग गरेका छन्।
सिरहा । जिल्ला कारागार सिरहामा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी राखिदा व्यवस्थापनमा चुनौती थपिएको छ । एक सय ५० जना क्षमताको कारागारमा हाल चार सय ५८ जना कैदीबन्दी रहेका छन् । अत्यधिक चाप र गर्मीका कारण कैदीहरू सुत्नसमेत पालो मिलाएर बस्न बाध्य छन् ।
कैदीबन्दीको चापसँगै अवैध गतिविधि हुने गरेको गुनासो बढेपछि आज यहाँ सुरक्षा निकाय सम्मिलित टोलीले अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यालय सिरहाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको संयुक्त टोलीले कैदीबन्दीको कोठामा पुगेर अनुगमन गरेको कारागार प्रमुख सुवोध महतोले जानकारी दिए ।
उनले भने, ‘कारागारमा आज अनुगमन गरिएको छ । क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा कठिनाइ छ । अनुगमनका क्रममा कैदीबाट पङ्खा, कुलरलगायतका सुविधाको माग गरिएको छ ।’
महतोका अनुसार ५४ वर्ष पुरानो यो कारागारको भवन र पर्खालसमेत जीर्ण छ । यी समस्या समाधानका लागि पटक–पटक माग गर्ने गरिएको छ ।
यसअघि कारागारभित्र आपराधिक गतिविधि भएको आरोपमा छानबिन समितिसमेत गठन गरिएको थियो । डेढ महिना लगाएर बुझाइएको प्रतिवेदन अझै सार्वजनिक भइसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्नका लागि बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण