पत्नीलाई जँचाउन गएका पुरुषको एमआरआई मेसिनमा परेर मृत्यु
वासिङ्टन डीसी । अमेरिकाको न्युयोर्कमा एउटा पीडादायी घटना घटेको छ । आफ्नी श्रीमतीको जाँच गराउन गएका पुरुषको एमआरआई मेसिनमा परेर मृत्यु भएको छ ।
अस्पतालमा जाँदा ती पुरुषले घाँटीमा धातुको मोटो सिक्री लगाएर गएका थिए । एमआरआई कोठामा श्रीमतीलाई मद्दत गर्ने क्रममा मेसिनले उनलाई आफूतिर खिच्यो र उनी गम्भीर घाइते भए । घटनाको दुई दिनपछि ती पुरुषको मृत्यु भएको बताइएको छ ।
यो दुर्घटना बुधबार नासाउ ओपन एमआरआई सेन्टरमा भएको थियो । प्रहरीका अनुसार मेसिनको बलियो चुम्बकीय आकर्षणले ६१ वर्षीय ती पुरुषले लगाएको धातुको चेन आफूतिर तान्यो । प्रहरीले मृतकको नाम अहिले सार्वजनिक गर्न नसकिने बताएको छ ।
ती पुरुषको बिहीबार मृत्यु भएको भनिएको छ । मृतककी श्रीमतीको घुँडाको एमआरआई भइरहेको थियो । उनले आफ्ना पतिलाई आफूलाई ओर्लिन मद्दत गर्न भनिन् ।
धातुको सिक्री लगाएकोले सेन्टरका कर्मचारीले उनलाई कोठा बाहिरै बस्न भनेका थिए । तर भनेको सुन्दै नसुनी उनी कोठाभित्र आए ।
मेसिनले अचानक उनलाई आफूतिर तान्यो । ‘मेसिनले उसलाई घुमायो र भित्र तान्यो’ मृतककी पत्नीले रुँदै भनिन् । मेसिन बन्द गर, ९११ मा कल गर, केही गर भनेर पत्नी चिच्याइरहेकी थिइन् तर निकै ढिलो भइसकेको थियो ।
पत्नीको अनुसार पतिले करिब २० पाउन्डको भारी चेन लगाएका थिए । उनले वेट टेनिङका लागि सो सिक्री प्रयोग गर्थे ।
लङ आइल्याण्डको नासाउ ओपन एमआरआईमा काम गर्ने कर्मचारीले शुक्रबार यस घटनामा टिप्पणी गर्न अस्वीकार गरेको भन्दै सीबीएसले समाचार छापेको छ । शनिबार पनि एमआरआई सेन्टरमा फोन गरिएको तर कुनै जवाफ नआएको भनिएको छ ।
न्यूयोर्कमा एमआरआई मेसिनबाट भएको यो पहिलो मृत्यु थिएन । पहिले पनि यस्ता दुर्घटनाहरू भइसकेका छन् ।
२००१ मा अक्सिजन ट्याङ्की अचानक एमआरआई मेसिनले तानेपछि वेस्टचेस्टर मेडिकल सेन्टरमा ६ वर्षीय बालक माइकल कोलम्बिनीको मृत्यु भएको थियो । अक्सिजनको सिलिन्डर बालकमाथि खसेको थियो ।
बालकको परिवारले २९ लाख डलर लिएर पछि यो घटना साम्य गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण