मोहन वैद्यलाई भेटेपछि प्रचण्डले भने– स्वास्थ्य अवस्था सुधार हुँदै गएको देख्दा खुसी लाग्यो
आइतबार, ०४ साउन २०८२, १२ : १७
सारांश
- प्रचण्डले क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्यलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
- प्रचण्डले वैद्यको स्वास्थ्यमा सुधार हुँदै गएको र पूर्ण स्वास्थ्य लाभको कामना गरेको बताए ।
- वैद्य केही समयदेखि दम र निमोनियाका कारण अस्वस्थ थिए।
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्यलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
वैद्यसँगको भेटपछि प्रचण्डले भनेका छन्– आज कमरेड मोहन वैद्य ‘किरण’ जीसँग भेट्न उहाँकै निवासमा गएँ। स्वास्थ्य अवस्थामा क्रमशः सुधार हुँदै गएको देख्दा खुसी लाग्यो। उहाँको पूर्ण स्वास्थ्य लाभको कामना गर्दछु।
वैद्य पछिल्लो समय दम र निमोनियाका कारण अस्वस्थ रहँदै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण